प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ र सुदूरपश्चिम विजयी | Khabarhub Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ र सुदूरपश्चिम विजयी


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विराटनगर – इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशले दोस्रो जित निकालेका छन् । पहिलो खेलमा मधेस प्रदेशलाई पराजित गरेको प्रदेश एकले आज दोस्रो जित निकालेको हो । प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको सङ्घर्षपूर्ण जित हात पारेको हो ।

आज भएको खेल बाक्लो हुस्सुका कारण ९ ओभरका झारिएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश एकले ९ ओभरमा ४ विकेट गुमाउँदै ५९ रन बनाएको थियो । प्रदेश १ का लागि ओपनर द्वय काजल श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए ।

पाचौ ओभरको पाँचौ बलमा पहिलो विकेटका रूपमा कप्तान रुबिना क्षेत्री १३ बलमा ४ चौका प्रहार गर्दै १७ रन बनाउँदै आउट भइन् । छैटौँ ओभरको अन्तिम बल काजल २१ रन बनाउँदै आउट भइन् । तेस्रो विकेटका रूपमा लकिता राजवंशीलाई सातौँ ओभरको अन्तिम बलमा दुई रन बनाएर आउट भइन् ।

चौथो विकेटको रूपमा अप्सरी बेगम १२ रन बनाउँदै आउट हुँदा सबनम राई १ रनमा र स्मिृती कटुवाल ४ रनमा अविजित रहे । लुम्बिनीका लागि कृतिका मरासिनी, सरस्वती पुन र विभाषा बिसीले एक एक विकेट लिए । ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ ओभरमा ७ विकेट गुमाउँदै ५० रन मात्र बनाउन सफल रह्यो । लक्ष्मी चौधरीले ३१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

आजै सम्पन्न दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले पनि लगातार दोस्रो जित निकालेको छ । इटहरीको जनता क्रिकेट पार्कमा सम्पन्न दोस्रो खेलमा गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको हो ।

गण्डकीले प्रस्तुत गरेको ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा एक विकेट गुमाउँदै भेट्टायो । सुदूरपश्चिमका लागि कप्तान विन्दु रावलले ४३ बलमा आठ चौका मद्दतमा अविजित ४६ रन बनाइन् । यसै गरी शोभा रोकाय आठ रनका अविजित खेलिन । गण्डकीका लागि एक मात्र विकेट निरुता जिटीले लिइन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ६० रनको योगफल तयार पारेको थियो । गण्डकीका लागि सिमान केसीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

प्रतियोगिता अन्तर्गत मङ्गलवार पहिलो खेलमा कर्णाली र प्रदेश एक बिच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा सुदूरपश्चिम र नेपाल एपीएफबिच खेल हुनेछ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ८ : ४१ बजे

अधिकांश वाणिज्य बैंकले घटाए मुद्दतीतर्फकाे ब्याजदर

काठमाडौं– अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

१६८ छोरीलाई मुद्दती खाता उपहार

बागलुङ– बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत दुई वर्षमा १६८ जना

दुई छोरीसहित एक वर्षदेखि भारतको गुफामा बसेकी रुसी महिला !

कर्नाटक – भारतमा एक रुसी महिला दुई छोरीको साथमा एक

टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १० का स्थानीयवासी टोटीखोलाको जीर्ण पुलबाट

हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडा– १७ हटियामा ३० शय्याको सुविधा