गर्भवती खोज्दै वडामा पुग्छ पुथा उत्तरगङ्गा गाउँपालिका « Khabarhub

गर्भवती खोज्दै वडामा पुग्छ पुथा उत्तरगङ्गा गाउँपालिका


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले वडामै पुगेर गर्भवतीको स्वास्थ्य जाँच गर्ने गरेको छ । उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्रत्यक वडामा पुगेर गर्भ जाँच तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्ने गरेको हो ।

पालिकाले गर्भवतीलाई सेवा दिने उद्देश्यले प्रत्यक वडामा तीनरतीन महिनामा शिविरको आयोजनागर्ने गरेको गाउँपालिका उपाध्यक्ष भूपेन्द्र बुढाले जानकारी दिए । उनअनुसार उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत गर्भवती जाँच कार्यक्रमले पालिकाका विकट क्षेत्रका गर्भवतीलाई राहत मिलेको छ ।

पालिकाले दुई महिनायता गाउँपालिकाको १४ वटै वडामा पुगेर एक सय २१ गर्भवतीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । भिडियो एक्सरे, स्वास्थ्य जाँच र परामर्श सेवा दिइएको उपाध्यक्ष बुढाले जानकारी दिए । “केहीको अवस्था सामान्य नै छ,’ उपाध्यक्ष बुढाले भने, “उल्टो अवस्थामा रहेको, सालनाल तल झरेको पनि भेटिएकाले सुत्केरी हुने बेलामा सुविधा सम्पन्न अस्पतालमा जान परामर्श दिएका छौँ ।”

गर्भावस्थामा पु¥याउनुपर्ने ध्यान, खानपान, हेरविचारलगायत कुरा सिकाएर आवश्यकताअनुसार केही औषधि पनि गर्भवतीलाई दिइएको छ । एक सय ५० जना महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । स्वास्थ्य संस्थामा आएर नियमित गर्भ जाँच गरेमा मात्र निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था भएकाले स्वास्थ्य सस्थामा आउनेको सङ्ख्यामा वृद्धि हुने विश्वास उनले गरे ।

गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्मेमा निःशुल्क बीमा गरिदिने व्यवस्था गरेको छ । गर्भ जाँच गराएको वर्ष र स्वास्थ्य संस्थामा छोरी जन्मेको वर्षमा गाउँपालिकाले परिवारका पाँच सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था गरेको छ । यस कार्यले स्वास्थ्य संस्थामा सर्वसाधारणको पहुँच वृद्धि गर्ने देखिएको छ ।

यसका साथै यस कार्यक्रमले घरेलु हिंसा, लैङ्गिक हिंसा, यौन हिंसामा परेकाको चेलीसँग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यसका लागि गाउँपालिका उपाध्यक्षसँग सिधा सम्पर्क हुनेगरी हटलाइन नम्बर सेवा सञ्चालन भएको छ । थप परामर्श तथा आर्थिक सहयोगका पनि गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ०३ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान