बुढा सुब्बा गोल्डकपको २३औँ संस्करण फागुन दोस्रो सातामा | Khabarhub Khabarhub

बुढा सुब्बा गोल्डकपको २३औँ संस्करण फागुन दोस्रो सातामा


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धरान: मोफसलको अन्तर्राष्ट्रिय आमन्त्रित फुटवल प्रतियोगिता बुढा सुब्बा फुटवल प्रतियोगिताको २३औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने भएको छ । विसं २०७६ मा सम्पन्न २२औँ संस्करणपछि कोभिडका कारण २०७७÷७८ मा बुढासुब्बा गोलकप आयोजना हुन सकेको थिएन । यो वर्षको फागुन १३ देखि २० गतेसम्म सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ ।

कोरोना महामारीले भएको आर्थिकमन्दीका कारण रोकिएको प्रतियोगिता सञ्चालनको तयारी भइरहेको धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए। प्रतियोगिताका लागि धरान उपमहानगरपालिका, प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सदा झै आठ वटा ए डिभिजन क्लबले सहभागिता जनाउने छन् । काठमाडौँका दुई, पोखराको एक, भारतको दुई र प्रदेश १ बाट आयोजकसहित तीन क्लबका स्तरीय टिमले सहभागिता जनाउने तय भएको अध्यक्ष राईले जानकारी दिए ।

एन्फाबाट प्रतियोगिताका लागि स्वीकृति लिइसकेको क्लबले जनाएको छ । दुई वर्षदेखि रोकिएको प्रतियोगितालाई सफल बनाउन सबै सरोकारवालासँग छलफल सुरु गरिएको अध्यक्ष राईले जानकारी दिए । आर्थिक अभावले २२औँ संस्करणको बाँकी बक्यौता पनि मिलाउने काम भइरहेको आयोजकले जनाएको छ । अध्यक्ष राईले २३औँ संस्करण भव्य समापन गरेर क्लबको नेतृत्व हस्तानतरण गर्ने तयारी गरेको जानकारी गराए । २२औँ संस्करण २०७६ फागुनमा भएको थियो । प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ विजयी भएको थियो ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ४० बजे

उत्तरको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ छ, ‘सैन्य विश्वास’ निर्माण गर्छौँ : दक्षिण कोरियाली राष्ट्रपति ली

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रबार उत्तर कोरियाको

पियोर इनर्जीले बोलायो साधारणसभा, लाभांश छैन 

काठमाडौं– पियोर इनर्जी लिमिटेडले आठौँ वार्षिक साधारणसभा बोलाएको छ ।

सकियो १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच

काठमाडौं– भक्तपुर थिमीमा १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच सकिएको

भारतीय दूतावासमा यसरी मनाइयो स्वतन्त्रता दिवस (तस्बिरहरू)

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस मनाइएको छ। नेपालमा रहेका

भोजपुरका किसानलाई कोदो रोप्न चटारो

भोजपुर– यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि