पोखराबाट ४८ शव काठमाडौँ ल्याइयो, भोलिदेखि शव परीक्षण सुरु गरिने | Khabarhub Khabarhub

पोखराबाट ४८ शव काठमाडौँ ल्याइयो, भोलिदेखि शव परीक्षण सुरु गरिने


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यही माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याइएको छ ।

यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी पोखराको सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएर निधन भएकामध्ये ४८ जनाको शव आज काठमाडौँ ल्याइएको बताएको हो । शव आज दिउँसो नेपाली सेनाको दुईवटा हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

मृतक ४८ जनाको शव आज काठमाडौँ ल्याइए पनि शवको परीक्षण भने भोलि बिहानदेखि सुरु गरिने भएको छ । शवलाई अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएको छ । मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम आज भएकाले परीक्षण सुरु गर्न नसकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । मृतकमध्ये कतिपय व्यक्तिको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा शव पहिचान गरेर परीक्षणपश्चात् एकैपटक मृतकका परिवार तथा आफन्तलाई शव हस्तान्तरण गरिने बताइएको छ ।

चालकदलका सदस्यसहित जम्मा ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एक व्यक्तिको खोजीकार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : १४ बजे

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक

कास्कीको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

गण्डकी– जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशको पोखरासहित विभिन्न

अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र

चक्रपथ विस्तारको दोस्रो खण्ड घाँस र झारले सडक छोपियो तर भएन काम (तस्बिरहरू)

काठमाडौं– चक्रपथ विस्तारको दोस्रो खण्ड कलंकीदेखि सुकेधारा धोबीखोला सडक वर्षासँगै

हेरिरहुँ लाग्ने कालिञ्चाेक (तस्बिरहरू)

दोलखा– दोलखा धार्मिक तथा पर्यटकीय गन्तव्यहरूले सजिएको हिमाली जिल्ला हो