झलनाथ खनालको संयोजकत्वमा नेकपा एसद्वारा वैचारिक नीति निर्माण समिति गठन « Khabarhub

झलनाथ खनालको संयोजकत्वमा नेकपा एसद्वारा वैचारिक नीति निर्माण समिति गठन


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा पार्टीको वैचारिक नीति निर्माण समिति गठन गरिएको छ ।

यो समितिले पार्टी निर्माणको मूल दिशाको बारेमा दस्तावेज मस्यौदा तयार गर्ने उक्त समितिको सदस्यमा महासचिव बेदुराम भुसाल, उपमहासचिवहरू जगन्नाथ खतिवडा, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेका छन् ।

यसैगरी समितिमा राजेन्द्र राई, रामकुमारी झाँक्री, सावित्रा भुसाल र गणेश विक सदस्य छन् । समितिले निर्माण गर्ने पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक मूल नीति, कार्यक्रम निर्माण गरेपछि त्यसलाई पार्टीको केन्द्रीय बैठकले पारित गरी कार्यान्वयन गर्नेछ ।

पार्टीको दस्तावेज मस्यौदा समितिले पार्टी केन्द्रीय कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा पार्टी जनसङ्गठनका अध्यक्ष र महासचिवहरू, विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिव, विभिन्न फाँटका इञ्चार्जको संयुक्त छलफलबाट नेता खनालको संयोजकत्वमा समिति गठन गरिएको हो ।

अध्यक्ष खनालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउन आफ्नो पार्टीले प्रष्ट वैचारिक नीति अवलम्बन गर्ने बताउँदै तत्काल नेकपा एमालेसँग एकता असम्भव रहेको बताए । पाँच जना सदस्यबाट निर्माण भएको कम्युनिष्ट पार्टी लामो मेहनत र सङ्घर्षले अहिले यहाँसम्म आइपुगेको बताउँदै उनले भने, “विद्रोहको औचित्य पुष्टि नभइकन उनीहरूसँग अहिले एकताको मोर्चा बनाउने अवस्था छैन ।”

पूर्वप्रधानमन्त्री खानलले चुनावमा प्रत्यक्षतर्फ चौथो भएको पार्टी केही प्राविधिक कारणले राष्ट्रिय मान्यता पाउन नसकेको भए पनि कार्यकर्ता आत्तिनुपर्ने तथा निराश हुनुपर्ने अवस्था नरहेको प्रष्ट पारे ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : ०५ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष