थानेश्वर गौतमको ‘जिउने चाहना’ मा डाक्टर रमिल र केकी « Khabarhub

थानेश्वर गौतमको ‘जिउने चाहना’ मा डाक्टर रमिल र केकी


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डाक्टर रमिल अधिकारीको जिउने चाहना बोलको गजल सार्वजनिक भएको छ । डाक्टर अधिकारीको शब्द सृजना रहेको गजल उनले आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन् ।

 जसमा गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको छ भने भिडियोमा गीतकार स्वयम् र नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ । गजलमा दुई डाक्टरको रोमाञ्चक प्रेम कहानीलाई देखाइएको छ । जसमा नायिका केकी पनि डाक्टरकै भूमिकामा छिन् । 

नरेन्द्र वियोगीको एरेन्ज रहेको गजलको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले सम्पादन गरेका हुन् । निर्देशक प्रकाश धितालको निर्देशन रहेको भिडियो गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनबाट बजारमा आएको हो ।

 गीतकार पोखरेली युवा डाक्टर अधिकारी  न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहाकारका रुपमा कार्यरत छन् । न्युजिल्याण्डको  स्वास्थ्य मन्त्रालयको कोभिड डिरेक्टोरिएटमा आवद्ध उनी नेपाल सरकारको तर्फबाट न्युजिल्याण्डका लागि पर्यटनदूतका रुपमा पनि कार्यरत छन् । उनले नेपाल आएको मौकामा आफ्नो सृजनामा भिडियो बनाउँदै आएका छन् ।

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १२ : २१ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते