थानेश्वर गौतमको ‘जिउने चाहना’ मा डाक्टर रमिल र केकी « Khabarhub

थानेश्वर गौतमको ‘जिउने चाहना’ मा डाक्टर रमिल र केकी


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डाक्टर रमिल अधिकारीको जिउने चाहना बोलको गजल सार्वजनिक भएको छ । डाक्टर अधिकारीको शब्द सृजना रहेको गजल उनले आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन् ।

 जसमा गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको छ भने भिडियोमा गीतकार स्वयम् र नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ । गजलमा दुई डाक्टरको रोमाञ्चक प्रेम कहानीलाई देखाइएको छ । जसमा नायिका केकी पनि डाक्टरकै भूमिकामा छिन् । 

नरेन्द्र वियोगीको एरेन्ज रहेको गजलको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले सम्पादन गरेका हुन् । निर्देशक प्रकाश धितालको निर्देशन रहेको भिडियो गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनबाट बजारमा आएको हो ।

 गीतकार पोखरेली युवा डाक्टर अधिकारी  न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहाकारका रुपमा कार्यरत छन् । न्युजिल्याण्डको  स्वास्थ्य मन्त्रालयको कोभिड डिरेक्टोरिएटमा आवद्ध उनी नेपाल सरकारको तर्फबाट न्युजिल्याण्डका लागि पर्यटनदूतका रुपमा पनि कार्यरत छन् । उनले नेपाल आएको मौकामा आफ्नो सृजनामा भिडियो बनाउँदै आएका छन् ।

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १२ : २१ बजे

छाता ओडेर सडकमा उत्रिए बुटवलका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– रूपन्देहीको बुटवलमा अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्वासीहरूले प्रदर्शन गरेका

कार दुर्घटनामा चालकको मृत्यु

त्रिवेणी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा

आइतबारको बिदाले सुनसान देखिएको सिंहदरबार (तस्बिरहरू)

काठमाडौं– संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबार आइतबारको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं– नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै

मुकुन्डो नाच पुस्तक विमोचन

काठमाडौं– काठमाडौं, ललितपुर र भक्तपुरमा मनाइने नेवार समुदायको परम्परागत मुकुन्डो