आँबुखैरेनी अस्पतालमै आँखा उपचार केन्द्र सञ्चालन हुने | Khabarhub Khabarhub

आँबुखैरेनी अस्पतालमै आँखा उपचार केन्द्र सञ्चालन हुने


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखाको सम्पूर्ण उपचार गर्ने भएको छ । पालिकावासीलाई सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले आँखासम्बन्धी सम्पूर्ण उपचार गर्न लागिएको हो । आँबुखैरेनी लायन्स क्लबको सहकार्यमा उक्त नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाबीच संयुक्तरुपमा आँबुखैरेनी अस्पतालमै आँखा उपचार केन्द्र सञ्चालन गर्ने सहमति गरिएको थियो । 

पालिकाका अध्यक्ष शुक्र चुमानले उक्त सेवाका लागि उक्त सङ्घ र भरतपुर आँखा अस्पतालसँग द्विपक्षीय सम्झौता गरिएको जानकारी दिए। ‘आँखाको उपचारका लागि आँबुखैरेनीका वासिन्दाका मात्र नभई छिमेकी गोरखा, बन्दीपुरका वासिन्दा पनि भरतपुरसम्म जानुपर्ने बाध्यता रहेकामा आँबुखैरेनीमै उक्त केन्द्र स्थापनापछि सबैलाई सहज हुन्छ’, उनले भने।    उक्त अस्पतालमा गण्डकी प्रदेशको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत चिकित्सकको दरबन्दी मिलाइएको छ ।  

प्रदेश सरकारले अस्पतालका लागि मेडिकल अधिकृत डा हरि सेढाँइलाई नियुक्त दिएर पठाएको छ । पालिकाका अध्यक्ष चुमानले लामो समयदेखिको दरबन्दीको मागलाई प्रदेश सरकारले सम्बोधन गरिदिएको बताए । ‘अस्पतालमा सरकारी दरबन्दीको चिकित्सकको माग गरेका थियौँ, हाम्रो मागलाई प्रदेश सरकारले सुनेको छ’, उनले भने। 

गाउँपालिकाले यसअघि निजी स्रोतमा एक मेडिकल अधिकृत र एक कन्सलट्यान्ट चिकित्सक नियुक्त गरेको थियो । गाउँपालिकाले वडानं ३ मा सञ्चालन भइरहेको स्वास्थ्यचौकीको  सेवा विस्तार गरी गत मङ्सिर १ गतेदेखि अस्पतालमा रुपान्तरण गरेको थियो । उक्त अस्पतालमा इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान भइरहेको छ ।

गाउँपालिकावासीलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अध्यक्ष चुमानले बताए। गाउँपालिकामा अस्पताल नहुँदा यहाँका सर्वसाधारण चितवन, दमौली, पोखरालगायत ठाउँमा उपचार गर्न जार्नुपर्ने बाध्यता थियो। गाउँपालिकाले अस्पतालबाटै मिर्गौलाका बिरामीलाई डायलासिस सेवा दिने तयारी गरेको छ । हाल दमौली अस्पतालबाट मात्र डायलासिस सेवा उपलब्ध हुँदै आएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १२ : ४२ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो