स्थानीय खाद्यान्नको उत्पादन घट्दा माग बढ्दै « Khabarhub

स्थानीय खाद्यान्नको उत्पादन घट्दा माग बढ्दै


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटमा स्थानीय खाद्य बालीको माग उच्च हुँदा पनि उत्पादन भने घट्दै गएको छ । यहाँ आउने पर्यटकमा स्थानीय रातो मार्सीको चामल, चिनो, कागुनो, कोदोलगायत खाद्यान्नको माग उच्च रहे पनि उत्पादनमा भने जोड दिन नसक्दा घट्दै गएको हो । सिँचाइको असुविधा र कृषकको अभावका कारणले स्थानीय बालीको उत्पादन घट्दो अवस्थामा रहेको छ ।

यहाँ आउने पर्यटकको पहिलो रोजाइ स्थानीय बालीबाट उत्पादन भएका खानाका परिकार नै रहे पनि पछिल्लो समय उत्पादन घटदै गएकाले पर्यटकलाई स्थानीय खानाको माग पुर्‍याउन कठिन भएको मान्मस्थित होटेल हिलसाइटका सञ्चालक धर्मराज शाहीले बताए । ‘कर्णालीमा घुम्न आउने अधिंकाश मानिसको रोजाइमा यहाँको स्थानीय उत्पादन नै पर्छ ।’ उनले भने, ‘उत्पादनमा आएको ह्रासका कारण मागअनुसार धान्न सकिएको छैन ।’

रातो मार्सी धान, चिनो, कागुनो, कोदोलगायत स्थानीयस्तरमा उत्पादन हुने बाली कमैले उत्पादन गर्न थालेका छन् । स्थानीय बाली खस्रो, नमिठो हुने तर बाहिरबाट आउने खाद्यवस्तु स्वादिलो र मसिनो हुने भएकाले पनि स्थानीय बाली उत्पादन गर्न छाडेको खाँडाचक्र नगरपालिका–८ का कालीबहादुर मल्लले बताए । ‘यहाँका खाद्यान्न स्थानीयले नै रुचाउन छाडेँ ।’ उनले भने, ‘बाहिरबाट आउने खाद्यान्न स्वादिलो र मिठो हुने भएकाले बाली लगाउन नै छाडेका हुन् ।’ 

सडक सञ्जाल नभएका बेला र बाहिरबाट खाद्यान्न आयात नहुँदा  स्थानीयवासीले राम्रैसँग उत्पादन गर्ने  गरेकामा अहिले बाहिरबाट आयात हुन थालेपछि उत्पादनमा ह्रास आएको वडा नं ११  बरातुका अजबहादुर गिरीले बताए । ‘यहाँ बाहिरबाट खाद्यान्न आयात नहुँदा स्थानीय बालीको उत्पादन राम्रै हुन्थ्यो ।’ उनले भने, ‘अहिले सडक सञ्जालले छोएपछि स्थानीयवासीले बाहिरी खाद्य बाली नै मन पराउन थालेकाले उत्पादन पनि हुन छाड्यो ।’

स्थानीयस्तरमा रातो चामलको मूल्य एक सय ५० छ भने चिनोको मूल्य पनि एक सय ५० नै रहेको तिलागुफा नगरपालिका–१ फोइमहादेवका मायालाल महताराले बताए । ‘यहाँ उत्पादन हुने रातो चामलको मूल्य रु एक सय ५० पर्छ । चिनोको मूल्य पनि त्यती नै पर्छ ।’ उनले भने, ‘तर, यी खाद्य बाली पाउनै मुस्किल छ ।’

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ३ : २८ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित