धनकुटा महोत्सव आजबाट शुरु « Khabarhub

धनकुटा महोत्सव आजबाट शुरु


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धनकुटा– पाँचौँ प्रादेशिक औद्योगिक ब्यापार तथा कृषि मेला एवम् धनकुटा महोत्सव आजबाट शुरु भएको छ । महोत्सवको भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले आज यहाँ उद्घाटन गर्दै धनकुटाको गरिबी दर घटाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताए ।

गएको वर्षमा धनकुटाको गरिबी घटाउन र जनताका आयश्रोत बढाउन लागिपरेको उनको भनाइ थियो । जिल्लाको १९ प्रतिशत गरिबीलाई  विगतमा १३ प्रतिशतमा झारेको बताउँदै मन्त्री राईले अबको पाँच वर्षमा १० प्रतिशतमा झार्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

त्यसको लागि विगतमा आफ्नो पहलमा शुरु भएका विभिन्न सडक पूर्वाधार, भौतिक संरचना र कृषि क्षेत्रका कामलाई निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा संविधानसभा सदस्य धनमाया विक(उर्मिला), प्रदेशसभा ‘क’ का सदस्य निरन राई, ‘ख’का ईन्द्रमणि पराजुली, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङ्ग तथा धनकुटाका स्थानीय सात तहका प्रमुखले महोत्सव सफलताको शुभकामना दिएका थिए।

उद्योग वाणिज्य सङ्घ धनकुटाको  आयोजनामा १० दिनसम्म सो महोत्सव चल्नेछ । उत्पादन, ब्यापार तथा विभिन्न क्षेत्रका एक सय ८० स्टल रहेको महोत्सवबाट पाँच करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ । 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ६ : १८ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी