जसले एक सय दुई पटक रक्तदान गरे « Khabarhub

जसले एक सय दुई पटक रक्तदान गरे


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ – दमौली निवासी खेमराज अधिकारीले एक सय दुई पटक रक्तदान गरेका छन् । पतञ्जलि योग समिति तनहुँले आज आयोजना गरेको कार्यक्रममा रक्तदान गरेपछि अधिकारीको रक्तदान एक सय दुई पटक पुगेको हो ।

जिल्लाभित्र र जिल्लाबाहिर गरेर अहिलेसम्म एक सय दुई पटक रक्तदान गरेको अधिकारीले बताए । पैँतालीस वर्षीय उनले रक्तदान गरेर पुण्य कमाउन सबैलाई आग्रह गरे । जहाँ जहाँ कार्यक्रम हुन्छ त्यहीँ पुगेर रक्तदान गर्ने गरेको अधिकारीले बताए । “थाहा पाएसम्म सबै ठाउँमा पुगेर रगत दिन्छु, आफू बाँचेर अरुलाई पनि बचाउने यो पुण्य काम हो”, उनले भने, “तनहुँका अतिरिक्त नेपालका विभिन्न जिल्लामा मैले रक्तदान गरेको छु ।”

उनले भारत र बैङ्ककसमेतमा रक्तदान गरेको जानकारी दिए । उनले नेपालका करिब २३ जिल्लामा रक्तदान गरेका छन् । “कम्तिमा तीन महिनामा एक पटक रक्तदान गरेर शरीर स्वस्थ राख्न सकिन्छ”, अधिकारीले भने, “यसै खेर जाने रगतले अरुको जीवन बच्छ ।”

रक्तदान गर्न मिल्ने अवस्थासम्म आफूले रक्तदान गरिरहने उनले बताए। अधिकारीले एक सय आठ पटकसम्म रक्तदान गर्ने सङ्कल्प गरे। “एक सय आठ पटक पु¥याउने सङ्कल्प गरे पनि सकेको र दिन मिल्ने अवस्थासम्म रक्तदान गर्न छाड्दिनँ”, अधिकारीले भने ।

सोह्र वर्षको हुँदा उनको अचानक नाकबाट धेरै रगत बग्यो । चिकित्सकसँग परीक्षण गराउँदा ‘तपाईंको शरीरमा एकदमै धेरै रगत छ’ भनेर भनेको अधिकारी सम्झन्छन् । “अब के गर्ने त डाक्टर साब ?”, उनले प्रश्न गरे ।

त्यसको १५–२० दिनपछि उनले ठिमीस्थित महालक्ष्मी विद्यालयमा पहिलो पटक रक्तदान गरे । “सुरुमा रिङ्गटा लागेजस्तो भयो, पहिलो पटक भएर त्यस्तो भएको थाहा पाएँ”, उनले भने, “त्यसैदिन मैले एक सय आठ पटक रक्तदान गर्छु भनेर भगवान्सँग सङ्कल्प गरेँ ।” रक्तदान गर्दा अरुको जीवन बचाउन सकिने भएकाले रक्तदान गर्ने प्रण गरेको अधिकारीले सुनाए ।

 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : २५ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक