लगानीबाटै मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला तयार हुन्छ : माधव नेपाल « Khabarhub

लगानीबाटै मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला तयार हुन्छ : माधव नेपाल


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा वृद्धि गरिने लगानीबाट मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला सिर्जना हुने बताएका छन् । अखिल नेपाल किसान महासङ्घ र स्वयमसेवक आवद्ध सामाजिक संस्थाद्वारा आज आयोजित उत्कृष्ट युवा तथा महिला किसान सम्मान कार्यक्रममा अध्यक्ष नेपालले यस क्षेत्रमा हुने लगानीले उत्पादन वृद्धि र कृषक वर्गको आम्दानी तथा खर्च गर्ने क्षमताको विकास भई राष्ट्रिय अर्थतन्त्रका बहुपक्षीय आयामलाई गतिशील बनाउन योगदान पुग्ने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले देशमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्न उद्यमशीलताको विकास र पूर्वाधार निर्माण गर्नुपर्ने बताए । त्यसका लागि राष्ट्रिय पुँजी सङ्कलनको खाँचो यहाँले औँल्याए । देश र जनतालाई गरिबीको दुष्चक्रबाट मुक्त गर्न स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले उपभोग्य वस्तु तथा उत्पादन वृद्धि गर्नुपर्ने उनको भनाइ थियो । समाजवादी दर्शनले जनताको सुख र समृद्धिको चाहना राख्ने बताउँदै उक्त विचारमा आबद्ध अनुयायीले स्वरोजगारी तथा उद्यमशीलताको विकास गर्ने गरेको धारणा उनको थियो ।

अध्यक्ष नेपालले स्वदेशी उत्पादनको प्रयोग गरी आयात न्यूनीकरण र निर्यात बढाउन सकेमा बढदो वैदेशिक व्यापार घाटा कम गर्न सकिनेछ बताए । अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले विसं २०१७ मा मुलुकमा छरिएको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न किसान आन्दोलनको महत्वपूर्ण भूमिका रहेको बताए । कृषि, कृषक र जीवनकाबीचमा गहिरो सम्बन्ध रहेको उनको भनाइ थियो । महासङ्घका महासचिव प्रमेश पोखरेल, पार्टीका केन्द्रीय सदस्य मोहन गौतम, युवा कृषक सुशील खनाललगायतले कृषि क्षेत्रलाई आधुनिकरण गर्न सरकारले लगानी वृद्धि गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : ३७ बजे

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न

गोरखा – उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७

कांग्रेस कर्णालीले सार्वजनिक गर्यो ‘एकताको दश सूत्र’

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीभित्र बृहत्तर एकता

आईपीएल २०२६ : आरसीबी बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा रोयल च्यालेन्जर्स

आईपीएल : वैभव सूर्यवंशी ४६ रनमा आउट, चलेन जैसवालको ब्याट

काठमाडौं – आईपीएल २०२६ को आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्स

ड्रोन आक्रमणपछि यूएईको आणविक केन्द्र बाहिर आगलागी

काठमाडौं – यूएईको अबुधाबीस्थित अल धफरा क्षेत्रमा रहेको बराकाह आणविक