पशु बीमा कार्यक्रम प्रभावकारी बन्दै « Khabarhub

पशु बीमा कार्यक्रम प्रभावकारी बन्दै


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चौतारा – किसानको पशुधनको दृष्टिले राम्रो मानिने बीमा कार्यक्रम पछिल्लो समय सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकामा प्रभावकारी बन्दै गइरहेको छ ।

नगर पशु सेवा शाखाबाट जारी सूचनाको आधारमा पशु बीमा कार्यक्रममा सहभागी भइ पशु बीमा गराइएका दुई किसानको भैँसी मरेपछि मूल्याङ्कन बराबरको बीमा रकम वडा नं ७ निवासी ईश्वरीप्रसाद नेपाल र वडा नं ४ निवासी मैया सापकोटाले जनही रु ९० हजार प्राप्त गरेका छन् ।

नगरपालिकाको २०७९-८० को नीति तथा कार्यक्रम अन्र्तगत कृषि तथा पशु कार्यक्रममा विषेश जोड दिँदै आएको पालिकाले पशु बीमा कार्यक्रममा कूल बिमाङ्कको सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानबाहेक नगरपालिकाबाट ५० प्रतिशत र कृषकबाट ५० प्रतिशत रकमबाट बीमा कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ ।

बीमा रकम हस्तातरण गर्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले यसबाट कृषकलाई प्रत्यक्ष रुपमा आर्थिक लाभ हुने बताए । सुरुमा झन्झटिलो प्रक्रियामा नगर पशुशाखाले सहजीकरणको भूमिका निर्वाह गरेपछि कृषक खुसी भएको शाखा प्रमुख अर्जुन खड्काले जानकारी दिए । हाल नगरपालिकामार्फत विसं २०७९ पुस मसान्तसम्म तीन सय ८० गाईभैँसी र २० बाख्राको बीमा भइसकेको छ । दुई सय प्रक्रियामा रहेको पशु शाखाले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ०५ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट