कपिलवस्तुमा बसको ठक्करबाट एक जनाको मृत्यु | Khabarhub Khabarhub

कपिलवस्तुमा बसको ठक्करबाट एक जनाको मृत्यु


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको शुद्धोधन नगरपालिका ६ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भैरहवा तौलिहवा सडक खण्डमा लु २ ख ४२ २६ नम्बरको बसले लु ४ त ५४ १९ नम्बरको ट्याक्टरलाई  शुक्रबार ठक्कर दिएको थियो ।

बसको ठक्करबाट  अनियन्त्रित भएको ट्याक्टरले साइकललाई समेत ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका साइकलमा सवार शुद्धोधन नगरपालिका ३ गुलेरीका ३० वर्षीय बिन्द कुमार कहारको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बसमा सवार ६ जना मध्ये घाइते भएका दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार भएका ट्याक्टर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।  

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ५ : ५० बजे

नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ खुल्यो 

काठमाडौं– नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडले सर्वसाधारणका लागि आज आइतबारबाट साधारण

स्याङ्जाका किसानले बिक्री गरे ६० लाखको सुन्तला

वालिङ– स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष

शान्ति सैनिक दक्षिण सुडान प्रस्थान

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनाका निम्ति खटिएको

‘अमेरिकाले एक सय अर्ब डलर दिएर पाँच अर्ब डलरको हल्ला चलायो’

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकाले एक सय अर्ब डलर

नसर्ने रोगको जोखिम : सरकारको निःशुल्क परीक्षण कति प्रभावकारी होला ?

बढ्दो सहरीकरण, आधुनिक जीवनशैली तथा जलवायु परिवर्तनका कारण विगत केही