बिजुक्छेँ निवास पुगेर राष्ट्रपतिले भनिन्– ‘माइती आएजस्तै लाग्यो’ | Khabarhub Khabarhub

बिजुक्छेँ निवास पुगेर राष्ट्रपतिले भनिन्– ‘माइती आएजस्तै लाग्यो’


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

भक्तपुरको कमलविनायकस्थित बिजुक्छेँ निवास पुगेकी राष्ट्रपति भण्डारीले खुसी व्यक्त गर्दै भनिन, “मलाई आज माइती आएजस्तै लागेको छ, म धेरै खुसी भएको छु ।” उनले क्यान्सर रोगका कारण निधन भएकी बिजुक्छेँ पत्नी शोभा बिजुक्छेँको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरिन ।

भेटमा बिजुक्छेँले मानिसको जीवनलाई चाहिने अत्यावश्यक औषधि अभावमा मृत्यु हुन नपरोस् भन्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने बताए । उनले भने, “औषधिजस्तो अतिसंवेदनशील वस्तुको व्यवस्था राज्यले गर्नुपर्छ, औषधि अभाव भएर मृत्यु हुने अवस्था देशमा अन्त्य हुनुपर्छ, सरकारले अत्यावश्यक औषधि देशमै उत्पादन गर्नुप¥यो, देशलाई चाहिने औषधि उत्पादन गर्न सक्ने र अत्यावश्यक औषधिको व्यवस्था गर्न सक्ने गरी औषधि व्यवस्था विभागले काम गर्नुप¥यो ।”

विदेशमा सहजरूपमा पाइने क्यान्सरको औषधि नेपालमा ल्याउनसमेत नसक्दा औषधि अभावमै बिजुक्छेँ पत्नी शोभाको उपचारमा समस्या आएर ज्यान गएको स्मरण गरे । बिजुक्छेँले मानिसका लागि औषधि र कृषिका लागि रासायनिक मल उत्पादन आफ्नै देशले गर्नुपर्ने बताउँदै मल उत्पादन नहुँदा कृषिमा देश पछाडि परेको बताए । उनले भक्तपुरको शिक्षा, कृषि, स्वास्थ्यको अवस्था र ऐतिहासिक सम्पदाको संरक्षणको अवस्थाकाबारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ९ : ४६ बजे

कफुचे–कोरी पदमार्गको स्तरोन्नति गरिँदै

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कफुचे–कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै

एनपी साउदको चेतावनी : कांग्रेस ०८४ का लागि तयार छैन, गुटबन्दीले संगठन बिग्रिए, पार्टी संकटमा छ

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

काठमाडौं– कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको

मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै

बाँके– मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै छन् । पर्वको

धरती र जीवन दुवैमा शान्ति छाओस् : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका