कोलम्बियाको सरकार र विद्रोही समूहबीच शान्ति वार्ता हुने « Khabarhub

कोलम्बियाको सरकार र विद्रोही समूहबीच शान्ति वार्ता हुने


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको सरकार र विद्रोही समूहबीच आगामी महिना शान्ति वार्ता हुने भएको छ । कोलम्बियाको सरकारले शनिबार शान्ति वार्ताबारे जानकारी दिएको हो ।

सरकारले विद्रोही समूह नेशनल लिबरेसन आर्मी इएलएनसँग शान्ति वार्ताका लागि पहल गरेको र आगामी महिना नै वार्ता हुने भएको कोलम्बियाली सरकारले जनाएको हो ।

शनिबार विद्राही समूह र सरकारी वार्ता टोलीबीच यसबारे सहमति भएको हो । सरकारी वार्ता टोलीका प्रमुख ओटी प्याटिनोले सरकारी र विद्रोही समूहका वार्ता टोलीका सदस्यका बीचमा शनिबार छलफल भएको र आगामी महिना शान्ति वार्ता हुने तय भएको जानकारी दिए ।

उनले अबको वार्ता दोस्रो चरणको हुने भन्दै यसबाट देशमा शान्ति स्थापनाका लागि सहयोग पुग्ने समेत बताएका छन् । अबको वार्तामा सरकारी पक्ष पनि आशावादी भएको र दुबै पक्ष सहमतिको नजिकमा पुग्ने सम्भावना धेरै रहेको पनि उनको भनाइ छ ।

शनिबारको वार्ताका क्रममा दुवै पक्षका बीचमा धेरै कुरामा समझ्दारी भएको र आगामी केही दिनमा नै युद्धविरामको पनि सहमति हुने उनले बताए । सरकारले मुलुकमा दशकौँसम्म जारी रहेको हिंसाको अन्त्यका लागि शान्ति वार्ताका माध्यमबाट अधिकतम प्रयास गर्ने बताएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : २३ बजे

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा