सरकारलाई विश्वासको मत दिनु गलत भएको कांग्रेसको कोइराला पक्षको निष्कर्ष | Khabarhub Khabarhub

सरकारलाई विश्वासको मत दिनु गलत भएको कांग्रेसको कोइराला पक्षको निष्कर्ष


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको शेखर कोइराला पक्षको भेलाले सरकारलाई विश्वासको मत दिनु गलत भएको निष्कर्ष निकालेको छ ।

आइतबार काठमाडौंमा बसेको भेलाले सरकारलाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको र अब सदनमा सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको हो । सरकारलाई विश्वासको मत दिएपछि अब स्पष्ट रुपमा पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्नेमा अधिकांशको जोड रहेको कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीले बताए ।

यसअघि गठबन्धन गरेर नै निर्वाचनमा गएको कांग्रेस ठूलो पार्टी हुँदा पनि सरकार बन्ने बेला गठबन्धन टुट्नु कमजोरी भएको उनको भनाइ छ । उनले कांग्रेस प्रतिपक्षीमा बस्ने वा राष्ट्रपति पाउँछु भनेर दौडने भन्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

आफुहरुको छलफल कसैप्रति लक्षित नभइ र पार्टीलाई बलियो बनाएर अघि बढाउनका लागि भएकाले आगामी संसदको बैठक र केन्द्रीय कार्यसमिति बैठक अघि ठोस निष्कर्ष निकाल्ने भण्डारीले बताए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ५ : ०० बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका