युवा क्रिकेटर उत्तम यु-१९ विश्वकप छनौटमा खेल्ने « Khabarhub

युवा क्रिकेटर उत्तम यु-१९ विश्वकप छनौटमा खेल्ने


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – आगामी फेब्रुअरी अन्तिममा युएईमा हुने आइसिसी यु–१९ पुरुष विश्वकप एसिया छनोटका लागि अर्घाखाँची जिल्लाका युवा क्रिकेटर उत्तम थापा मगर छनौट भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार उत्तमसहित १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। टोलीमा चार जना वैकल्पिक खेलाडी राखिएको छ।

एसिया डिभिजन एक छनोटमा नेपालले युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ। उक्त प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यु–१९ विश्वकप खेल्न पाउनेछ।

टिममा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ६ खिल्जीका उत्तम थापा मगर सहित देव खनाल, गुलशन झा, दुर्गेश गुप्ता, अर्जुन कुमाल, हेमन्त धामी, दिपक बोहरा, आकाश त्रिपाठी, दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा र दीपक डुम्रे छन्।

वैकल्पिक खेलाडीहरूमा प्रज्वलन थापा, तुलबहादुर थापा, राजेश यादव र निर्मल थापा छन्।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : ५३ बजे

युवा टोलीमा अनुभव थप्ने चेल्सीको नयाँ रणनीति : ३५ वर्षका वेलबेक अनुबन्धित

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले ब्राइटनका भेट्रान स्ट्राइकर

बुटवल ‘अटोभिलेज’ पुराना सवारीको ‘डम्पिङ साइट’ बन्दै (तस्बिर)

बुटवल– गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ ।

अविश्वासको प्रस्तावदेखि राजीनामासम्म : कसरी हट्न सक्छन् जियानी इन्फान्टिनो ?

लन्डन – अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो

पुराणको रकमबाट घाट निर्माण

झापा– बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको