गण्डकीमा मन्त्रालय घट्ने, जिम्मेवारी बाँडफाँड टुंगिदै | Khabarhub Khabarhub

गण्डकीमा मन्त्रालय घट्ने, जिम्मेवारी बाँडफाँड टुंगिदै


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारले १२ मन्त्रालयलाई घटाएर सातमा पुर्‍याउने भएको छ । सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले सत्तारूढ दलहरूबीच मन्त्रालय घटाउने विषयमा सहमति बनेको बताए। ‘कुन मन्त्रालय कसले पाउने भन्ने विषय भने छलफलमै छ, आजै साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ’, उनले भने। विना विभागीयमन्त्री एवं नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले जिम्मेवारी बाँडफाँडमा दलहरूबीच सहमति जुटिनसकेको बताए ।

प्रदेशको व्ययभार घट्ने गरी गण्डकी सरकारले लिएको मन्त्रालय कटौतीको निर्णयलाई धेरैले सकारात्मक कदमका रुपमा लिएका छन् । यसअघिको सरकारले मन्त्रालयको सङ्ख्या १२ पुर्‍याएको थियो । मन्त्रालय घटाउने विषयमा छलफल लम्बिँदै जाँदा मन्त्रिपरिषद् विस्तारले पनि समय लिएको जनाइएको छ ।

प्रदेशले नयाँ मुख्यमन्त्री पाएको १५ दिन बितिसक्दा पनि सरकारले भने अझै पूर्णता पाउन सकेको छैन । विना विभागीयमन्त्रीका रुपमा शपथ लिएका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँडसमेत भएको छैन । मन्त्रालयको जिम्मेवारी नतोकिँदा मन्त्रीहरू कामविहीन स्थितिमा छन् । विभागीयमन्त्री नहुँदा मन्त्रालयका कामकारबाही पनि प्रभावित भइरहेका जनाइएको छ ।

गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विना विभागीयमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए । विना विभागीयमन्त्रीको हैसियतमा नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान, नेकपा (एमाले) बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेका छन् । मन्त्रालय घटाउने निर्णयसँगै अब थप तीन मन्त्री मात्र नियुक्त हुनेछन्।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १ : ०० बजे

जापानमा भालुको आक्रमणमा परी दुई जना घाइते

टोकियो– जापानको अकिता प्रान्तमा भएको छुट्टा–छुट्टै भालु आक्रमणमा दुई जना

कात्तिक नाचअन्तर्गत बराह अवतार-हिरण्याक्ष वध मञ्चन

काठमाडौं– ललितपुरमा जारी कात्तिक नाचअन्तर्गत सातौँ दिन आइतबार राती बराह अवतार–हिरण्याक्ष

कमल थापाको निष्कर्ष : कांग्रेस-कम्युनिस्ट अर्थहीन भइसके, अब राष्ट्रवादी धार बलियो हुन्छन्

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले वर्तमान

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

काठमाडौं– होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस

सचिवहरूसँग प्रधानमन्त्रीको छलफलपछि सिंहदरबारमा मन्त्रिपरषद् बैठक

काठमाडौं- संघीय सरकारका सचिवहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिइसके लगत्तै