पाकिस्तान प्रशासित कश्मीरमा खाद्यान्नको चरम अभाव « Khabarhub

पाकिस्तान प्रशासित कश्मीरमा खाद्यान्नको चरम अभाव


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको प्रशासनअन्तर्गत रहेको कश्मीरमा खाद्यान्नको चरम अभाव देखिएको छ । सो क्षेत्रमा मागअनुसार सरकारले अनुदानमा दिने गहुँ र पिठोको आपूर्ति हुन नसकेको तथा उच्च मुद्रास्फीतिका कारण मूल्य पनि ह्वात्तै बढेकाले खाद्यान्नको अभाव देखिएको जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सो क्षेत्रका किराना पसल तथा गोदाममा खाद्यान्नसँगै भान्सामा प्रयोग हुने अन्य वस्तुको सञ्चिती पनि घट्दै गएको छ । गहुँको पिठोको अभाव भएसँगै रोटी, पाउरोटी र बेकरीजन्य वस्तुको पनि मूल्य अकासिएको छ ।

गत वर्ष पाकिस्तानमा आएको भयानक बाढीले कृषि क्षेत्रमा विनाश निम्त्याएका कारण खाद्यान्नको अभाव देखिएको हो ।

अत्यावश्यक वस्तुको अभावका कारण रेस्टुरेन्ट र होटेल पनि बन्द गर्नु परेको स्थानीय व्यवसायीले जनाएका छन् । खाद्यान्नको अभाव भएसँगै पाकिस्तानको अधिनमा रहेको कश्मीरका ठाउँठाउँमा प्रदर्शन र झडपको अवस्था समेत सिर्जना भएको जनाइएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ४ : ३३ बजे

राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा

नेपालगन्ज– बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन

ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु,

कास्कीमा रोपाइँ तीव्र, ४७ प्रतिशत रोपाइँ सकियो

लेखनाथ– अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा