आजको मौसम : पहाडी भूभागमा आंशिक बदली « Khabarhub

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले आज देशको पहाडी भेगमा आंशिक बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ। प्रदेश १ मा भने राति पनि आंशिक बदली हुनेछ। भोलि शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली हुँदा राति प्रदेश १ , गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुनेछ।

पर्सि आइतबार दिउँसो सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बदली रहनेछ। राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका अधिकांश स्थानमा साँझ बिहान हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : ४४ बजे

राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि

कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी

ज्ञानेन्द्र शाहीले भने- देशको प्रधानमन्त्रीले हचुवाका भरमा हैन, तथ्य र प्रमाणमा टेकेर बोल्नुपर्‍यो 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

भारत भ्रमणमा जापानी प्रधानमन्त्री ताकाइची, सेमिकन्डक्टर, एआई र इन्डो–प्यासिफिक सहकार्यमा वार्ता हुने

काठमाडौं- जापानकी प्रधानमन्त्री सनाए ताकाइची तीनदिने औपचारिक भ्रमणका लागि बुधबार भारतको

संसद्‍मा कांग्रेसले भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्

काठमाडौं–  नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले राहदानी (पासपोर्ट) छपाइ प्रकरणमा