नवलपरासी पूर्वमा २८ कुष्ठरोगी उपचाररत | Khabarhub Khabarhub

नवलपरासी पूर्वमा २८ कुष्ठरोगी उपचाररत


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको पुस मसान्तसम्म नौ जना नयाँ कुष्ठरोगी भेटिएका छन्। स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि पुससम्म जिल्लामा नौ जना नयाँ कुष्ठरोगी पहिचान भएको जनाइएको छ।

जिल्लामा अहिले नयाँ र पुराना गरी २८ कुष्ठरोगीले औषधि सेवन गरिरहेका छन्। औषधि सेवन गरिरहेका कुष्ठरोगीमध्ये १२ पुरुष र १६ महिला रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताए।

“अहिले गैँडाकोट नगरपालिकामा १२ जना कुष्ठरोगी रहनुभएको छ”, प्रमुख चापागाईंले भने, “देवचुली नगरपालिकामा छ, कावासोती नगरपालिकामा पाँच, विनयी त्रिवेणी गाउँपालिकामा तीन, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा एक-एक कुष्ठरोगी औषधि सेवन गरिरहनुभएको छ।”

नयाँ फेला परेका कुष्ठरोगीमध्ये पुरुष सात र महिला एक जना छन्। “जिल्लाको मध्यविन्दु नगरपालिकामा एक पुरुष, गैँडाकोट नगरपालिकामा एक जना पुरुष एक महिला, हुप्सेकोट गाउँपालिकामा एक पुरुष र कावासोती नगरपालिकामा एक पुरुष नयाँ कुष्ठरोगी भेटिएका छन्।” उनले भने,  “नयाँ फेला परेका कुष्ठरोगीले नियमित औषधि सेवन गरिरहेका छन्।”

नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा गत आव २०७८-७९ को असारसम्म २३ जना कुष्ठरोगी फेला परेका थिए। आव २०७७÷७८ को असारसम्म जम्मा सङ्क्रमितको सङ्ख्या ३५ थियो। “जिल्लामा प्रत्येक वर्ष कुष्ठरोगीको सङ्ख्या घट्दै गइरेको छ”, प्रमुख चापागाईंले भने, “समयमै उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत् जागृत गराइएपछि रोगीको संख्या क्रमिकरूपमा घट्दै गइरहेको छ।”

कुष्ठरोग माइक्रो ब्याक्टेरियम लेप्री नामक ब्याक्टेरियाद्वारा सर्ने एक प्रकारको ब्याक्टेरियल इन्फेक्सन हो। यो लामो समयसम्म रहने र लगातार बढ्ने खालको सङ्क्रमण हो। अन्य सरुवा रोगको तुलनामा कम सर्ने रोग भए पनि बिरामीले हाच्छ्युँ गर्दा रोग सर्ने सम्भावना रहन्छ।

उठबस गर्दा, हात मिलाउँदा यो रोग सर्दैन। “मुख्यरूपमा नशा, हातखुट्टा, नाकको भाग र श्वास लिने तन्त्रलाई प्रभावित गर्ने गरेको भन्दै प्रमुख चापागाईले भने, “कुष्ठरोगले नशालाई क्षतिग्रस्त गर्नुका साथै छालामा घाउ पार्दै मांशपेशीलाई कमजोर पार्छ।”

छालामा रातो फुस्रो दाग देखिने, छाला नदुख्ने, गिर्खा आउने, अनुहारको छाला रातो र चम्किलो हुने, कानको लोती बाक्लो हुने, आँखा झिम्काउन नसकिने, शरीरको कुनै भागमा छोएको थाहा नहुने, हातखुट्टा लत्रिने जस्ता कुष्ठरोगका लक्षण हुन्।

नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत् निःशुल्क रूपमा कुष्ठरोगको औषधि उपलब्ध गराउने गरेको छ। प्रत्येक वर्ष जनवरी २९ तारिकका दिन मनाइँदै आइएको विश्व कुष्ठरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइँदै छ। ७०औँ विश्व कुष्ठरोग दिवसको नारा ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ तय गरिएको छ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ११ : ०५ बजे

एलिनाबारे अभद्र टिप्पणी गरेपछि हिरासतमा पुर्‍यायो कविलाई

काठमाडौं- गायिका एलिना चौहानबारेमा सामाजिक सञ्जालमै अभद्र टिप्पणी गरेपछि एकजना

हुँदै नभएको विद्यालयलाई कीर्ते भवन बनाएर भुक्तानी, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मङ्गलबार

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन

मेड्रिड– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल

कांग्रेस नेताहरू भित्र चर्काचर्की गर्दै, बाहिर ‘ब्लड प्रेसर’ नाप्दै (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार चौथो दिन जारी

संविधानमा भएका महत्त्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमा भएका