फेक फोन र म्यासेजदेखि सावधान रहन आग्रह  « Khabarhub

फेक फोन र म्यासेजदेखि सावधान रहन आग्रह 



दोहा – साउदीस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली समुदायलाई फेक टेलिफोन कल तथा म्यासेजदेखि सावधान रहन आग्रह गरेको छ ।

दूतावासले आइतबार साँझ एक सूचना जारी गर्दै विगत केही समयदेखि साउदी अरबका मोबाइल नम्बर प्रयोग गरी आफूले साउदीको गृह मन्त्रालयबाट फोन गरेको भन्दै बैंक खाता विवरण, इकामा नम्बर, अब्सेर अकाउन्टको पासवर्ड पिन नम्बर जस्ता गोप्य विवरणहरु माग्ने गरेको जनाएको छ ।

जस जसले त्यसरी फोन गर्ने व्यक्तिलाई आफ्नो बैंक तथा अब्सेर अकाउन्ट सम्बन्धि गोप्य विवरण दिएका थिए, उनीहरुको बैंक खातामा भएको सम्पूर्ण रकम चोरी भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यदि उसले विवरण दिन आनाकानी गरेमा कानुनी कारबाही गर्ने धम्की समेत दिने गरेको भन्दै दूतावासले त्यस्ताको पछि नलाग्न सचेत गराएको छ । ठगहरुले यस्ता किसिमका र अन्य प्रलोभनजन्य म्यासेजहरु व्हट्सएपमा पनि पठाउने गरेको दूतावासले जनाएको छ ।

साउदी गृह मन्त्रालय वा अन्य कुनै पनि निकायले कसैको पनि बैंक तथा व्यक्तिगत डाटा अपडेट गर्नुपर्‍यो विवरण देऊ भनेर फोन गर्दैन र यदि त्यस्तो कुनै विवरण अपडेट गर्नुपर्‍यो भने सम्बन्धित एप वा कुनै आधिकारिक च्यानलमार्फत सम्बन्धित प्रयोगकर्ताहरूलाई अनुरोध गर्ने गरेको दूतावासले जनाएको छ ।

यदि बैंक खाता,अब्सेर अकाउन्ट वा व्यक्तिगत डाटा अपडेट गर्नुपर्‍यो विवरण देऊ भनेर कसैले फोन गर्‍यो भने त्यस्ता व्यक्तिलाई कदापि आफ्नो कुनै पनि बैंक खाता, इकामा नम्बर वा व्यक्तिगत विवरण नदिन पनि दूतावासले भनेको छ ।

आफ्नो व्यक्तिगत विवरण दिँदा तपाईँहरूले मेहनत गरेर कमाएको रकम क्षणभरमै लिन सक्ने वा तपाईँको विवरण प्रयोग गरेर अरु कसैले अवैध काम गर्न सक्ने भन्दै दूतावासले त्यहाँ कार्यरत नेपालीहरूलाई सचेत रहन अनुरोध गरेको हो ।

साउदी अरबमा विभिन्न क्षेत्रमा गरी करिब चार लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ७ : ४९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका