सीतापाइलामा बस र टाटासुमो जुध्दा एक महिलाको मृत्यु « Khabarhub

सीतापाइलामा बस र टाटासुमो जुध्दा एक महिलाको मृत्यु


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको सीतापाइलामा बस र टाटासुमो एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१५ सीतापाइलामा बस र टाटासुमो आपसमा जुध्दा बसमा सवार रसुवाको गोसाइँकुण्ड घर भई हाल काठमाडौँको पुतलीसडक बस्ने ५२ वर्षीया यायल्म घलेको आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा सख्त घाइते भएकी उनको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

दुर्घटनामा सख्त घाइते बसका सहचालकको भने कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका बसमा सवार अन्य तीनजना भने उपचार पश्चात् घर फर्किएका छन् । कङ्लकीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा २ ख ८३६८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना १ ज २४२१ नं को टाटासुमो एक आपसमा ठोकिँदा बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । 

टाटासुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकाले खोजी भइरहेको प्रवक्ता भट्टले बताए । 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ४ : ३१ बजे

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती