सीतापाइलामा बस र टाटासुमो जुध्दा एक महिलाको मृत्यु | Khabarhub Khabarhub

सीतापाइलामा बस र टाटासुमो जुध्दा एक महिलाको मृत्यु


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको सीतापाइलामा बस र टाटासुमो एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१५ सीतापाइलामा बस र टाटासुमो आपसमा जुध्दा बसमा सवार रसुवाको गोसाइँकुण्ड घर भई हाल काठमाडौँको पुतलीसडक बस्ने ५२ वर्षीया यायल्म घलेको आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा सख्त घाइते भएकी उनको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

दुर्घटनामा सख्त घाइते बसका सहचालकको भने कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका बसमा सवार अन्य तीनजना भने उपचार पश्चात् घर फर्किएका छन् । कङ्लकीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा २ ख ८३६८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना १ ज २४२१ नं को टाटासुमो एक आपसमा ठोकिँदा बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । 

टाटासुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकाले खोजी भइरहेको प्रवक्ता भट्टले बताए । 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ४ : ३१ बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार