पाठेघर खसेका महिलाको निःशुल्क उपचार हुने « Khabarhub

पाठेघर खसेका महिलाको निःशुल्क उपचार हुने


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरिदिने तयारी गरेको छ । घर-घरमा स्वास्थ्यकर्मी खटाएर गरिएको स्वास्थ्य परीक्षणका क्रममा पहिचान भएका पाठेघर खसेका ३२ जना महिलाको निःशुल्क उपचारको तयारी गरेको हो । 

पाठेघर खसेका महिलाको पहिचानका लागि घर-घरमा स्वास्थ्यकर्मी पठाएको नगरपालिकाले पहिचान भएका पाठेघर खसेका महिलालाई बनेपा लगेर उपचार गर्ने प्रबन्ध मिलाइएको नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताए । पाठेघर खसेका महिलाको शल्यक्रिया खर्च र उनीहरुको कुरुवालाई लाग्ने खर्च नगरपालिकाले ब्यहोर्ने जनाएको छ । पाठेघर खस्ने समस्याका कारण दर्दनाक दिनचर्या बिताइरहेका महिलाको पहिचान गर्दै उपचार व्यवस्थाका लागि नगरपालिकाले गत माघ १ गतेदेखि माघ ९ गतेसम्म घर–घरमा स्वास्थ्यकर्मी पठाएको थियो । 

घर-घरमा पुगेर २२५ महिलाको पाठेघरको परीक्षण तथा उपचार गर्दा ३२ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्था पत्ता लागेको हो । नगरपालिकाको ११ वडामध्ये बाहुनीडाँडा, बडहरे, मंगलटार बाहेक अन्य वडामा पाठेघर खस्ने समस्या पहिचान भएको हो । डिकुवामा २ जना, च्यास्मिटारमा ५ जना, दुर्छिममा ९ जना, महादेवस्थानमा ५ जना, धितुङमा २ जना, सल्लेमा २ जना, अर्खौलेमा ४ जना र राजापानीमा ३ जना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको नगरपालिकाले जनाएको छ । 

परीक्षण गरिएकामध्ये १०६ जनाको पाठेघरमा रिङ प्रेरी राखिएको छ । यस्तै, १०४ जना महिलाको पाठेघर सम्बन्धी सङ्क्रामक रोगको उपचार गरिएको छ । पाठेघरको समस्या सुरु भएका महिलालाई आवश्यकता अनुसार औषधि वितरण र परामर्श प्रदान गरिएको स्वास्थ्य संयोजक घिमिरेले बताए । 

पाठेघरको समस्या भएका कतिपय महिला लाज मानेर स्वास्थ्य संस्था वा स्वास्थ्य शिविरसम्म जान हिच्किचाउने गरेको पाइएपछि नगरपालिकाले स्वास्थ्यकर्मीलाई घर-घरसम्मै पठाएको थियो । पाठेघर झरेर पहिलो र दोश्रो स्टेजमा पुगेका महिलाको उपचारका लागि रिङप्रेसरी राख्ने, घाउ उपचारका लागि औषधि प्रदान गर्ने र तेश्रो र चौथो स्टेजमा पाठेघर खसेका महिलाको तथ्यांक संकलन गरेर उपचारको प्रबन्ध गर्न लागिएको हो । 

अघिल्लो वर्ष पनि नगरपालिकाले बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मंगलटारमा पाठेघर खस्ने समस्याको उपचार शिविर सञ्चालन गरेको थियो । तर शिविरमा पाठेघर खसेका महिलाको अपेक्षित उपस्थिति नरहेपछि घर-घरमा सहयोगी सहितको स्वास्थ्यकर्मी परिचालन गरिएको मेयर विमला राईले बताइन् । 

गत शिविरमा स्वास्थ्यकर्मीले खिचेको आङ सिरिङ पार्ने पाठेघर खसेको तस्विर देखेपछि स्वयं मेयर राईले पाठेघर खसेका महिलाको उपचारका लागि घर-घरमा स्वास्थ्यकर्मी पठाउने निर्णय गराएकी थिइन् । 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ५ : ३० बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार