रास्कोटमा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य « Khabarhub

रास्कोटमा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको रास्कोट नगरपालिकामा तीन वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । नागरिकस्तरमा चेतनाको अभिवृद्धि र पालिकाको प्रभावकारी स्वास्थ्य सेवाका कारणले घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको नगरपालिकाका स्वास्थ्य संयोजक हंसराज बरालले बताए। 

गर्भवतीले नियमित गर्भ परीक्षण गराउने र उनीहरूलाई स्वास्थ्यकर्मीले परामर्श समेत दिने गरेकाले घरमा सुत्केरी गराउनेको सङ्ख्या शून्यमा झरेको उनको भनाइ छ । नगरपालिकामा नौवटै वडामा बर्थिङ सेन्टर स्थापना भएपछि सुत्केरी हुन स्वास्थ्य चौकी आउने गरेका प्रमुख बरालले बताए । ‘नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरीआधारभूत स्वास्थ्य एकाइमार्फत सेवा दिँदै आएको छ,’ उनले भने ।

रास्कोट नगरपालिका–१ का स्थानीय माया सञ्ज्यालले भने , ‘पहिला घरमा मात्रै सुत्केरी गराउने चलन रहेको थियो, नजिकै अस्पताल थिएनन्, तर अहिले स्वास्थ्य चौकीमा सुत्केरी गराउँदा सुरक्षित हुन्छ ।’

अहिले स्थानीयस्तरमा नै विशेषज्ञसहितको सेवा प्राप्त भएपछि उपचार सहज भएको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ४ : ४९ बजे

काभ्रे पुगेर गगनले भने- कसैको शिर झुक्न दिने छैन  

काठमाडौं–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एकजनाको

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने

काठमाडौं– नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज

वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनः निर्माणमा हाल केही

मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समिति

टीकापुर– टीकापुर नगरपालिका–८ मा मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार