कालीकोटमा दुई वर्षमा १९ जना सुत्केरी र गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

कालीकोटमा दुई वर्षमा १९ जना सुत्केरी र गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीकोटमा दुई वर्षमा १९ जना सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ । कालीकोटमा आर्थिक वर्ष २०७८/८९ मा १३ जना, चालु आर्थिक वर्षको साउनदेखि माघसम्म छ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार भएको हो ।

दुर्गम क्षेत्रका गर्भवती महिला र नवजात शिशु सुरक्षाका लागि केन्द्रित राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी देखिएमा प्रभावकारी देखिएको छ । दुई वर्षयता १९ जनाको ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले बताए । “हवाई उद्धार गरिएका १९ जनामध्ये १३ जना २० वर्षमुनिका रहेका छन्”, उनले भने, “गर्भवती र सुत्केरीले प्रश्रव अवस्थाका कारण ज्यान गुमाउनु परेकामा हाल त्यो सङ्ख्या घटेको स्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ ।”

स्वास्थ्य संस्थाको सिफारिस पत्रका आधारमा प्रमुख जिल्ला अधिकारीको समन्वयमा तत्काल हवाई उद्धारका लागि सूचना दिने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । “महिलाको हवाई उद्धार गर्नका लागि एक जनाको सरदर लाग्ने रु दुई लाख खर्च सरकारले व्यहोर्दै आएको छ”, उनले भने, “राष्ट्रपति उत्थान कार्यक्रम समन्वय एकाइले उद्धारका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएकाले दुर्गमका महिलाको ज्यान जोगिँदै आएको छ ।”

विगतमा हवाई उद्धार नहुँदा कैयौँले बाटोमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको र अहिले सुत्केरी तथा गर्भवती महिलालाई हवाई उद्धार गर्दा नवजात शिशुको मृत्युदर र मातृमृत्यु दर पनि घटेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले बताए ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ८ : ५६ बजे

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ