गोरखा स्मारक निर्माण गर्न आर्थिक सहयोग « Khabarhub

गोरखा स्मारक निर्माण गर्न आर्थिक सहयोग


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गण्डकी – तमुधिं युकेले स्याङ्जाको साल्मेडाँडास्थित निर्माणाधीन गोरखा स्मारक निर्माणका लागि रु एक लाख सहयोग गरेको छ ।

तमुधिं युकेका अध्यक्ष हरि गुरुङ र वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले पोखरामा बुधबार आयोजित एक कार्यक्रमबीच स्मारक निर्माण समितिका अध्यक्ष जङ्गबहादुर गुरुङ, महासचिव डा चन्द्रबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । साल्मेडाँडामा भूतपूर्व गोरखा सैनिकको योगदानलाई जीवन्त राख्ने गरी गोरखा स्मारक निर्माण भइरहेको छ ।

नेपाल भ्रमण–२०२३ सकेर बेलायत फर्कन लागेको उक्त टोलीले हालै गुरुङ समुदायको बाक्लो बस्ती रहेको कास्कीको घान्द्रुक र सिक्लेस गाउँ, पर्वतको चार भञ्ज्याङ क्षेत्र र पूर्वस्थित ओखलढुङ्गाको रुम्जाटार क्षेत्रको भ्रमण गरेको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले गुरुङ जातिहको नाममा धेरै सङ्घसंस्था र सङ्गठन खुलेको उल्लेख गर्दै धेरै सङ्घसंस्थालाई एउटै छाता संस्थामा एकीकृत गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ८ : ३० बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै