रोगले केराको बोट सुक्न थालेपछि निजगढका किसान चिन्तित « Khabarhub

रोगले केराको बोट सुक्न थालेपछि निजगढका किसान चिन्तित


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बारा – केराको बोट सुक्ने रोग लागेपछि निजगढ नगरपालिकाको सिंगौलका केरा खेती गर्ने कृषकहरु चिन्तित बनेका छन्। केराको पात पहेँलो हुने बोटसमेत सुकेर मर्न थालेपछि स्थानीय किसानहरूमा चिन्ता बढ्न थालेको हो।

रोग लागेर बोट सुक्न थालेपछि भर्खर पसाएको केराको काइँयोमा समेत साना कोसा लाग्ने र नसप्रिने समस्या देखिएको किसानहरूले बताएका छन्। यो रोग पहिलेदेखि केरा खेती गरिएको जमिनमा कम देखिएको भए पनि नयाँ खेतीमा भने प्रकोपको रूपमा देखा परेको किसानहरूले बताएका छन्।

रोग लागेर केरामा क्षति भए पनि लगानीसमेत नउठ्ने देखेर किसानहरू चिन्तित बनेका छन्। परम्परागत खेती गर्दै आएका सिंगौलका अधिकांश किसानहरू केही वर्षदेखि केरा खेतीतर्फ आकर्षित बनेका थिए।

सिंगौलमा हाल ८५ प्रतिशत किसानले केरा खेती गर्दै आएका छन्। केही किसानहरूले भने अर्का जमिन भाडामा लिएर पनि केरा खेती गर्दै आएका छन्। उनीहरुले प्रतिकट्टा ५ देखि ७ हजारसम्म वार्षिक रकम तिरेर खेती गर्दै आएको स्थानीय रामबाबु बुढाथोकीले बताए।

केरा बिक्रीबाट सिंगौलमा मात्रै वार्षिक २ करोडभन्दा बढी रुपैयाँ भित्रिने गरेको तर रोगले मर्न थालेपछि किसानलाई ठूलो क्षति हुने देखिएको अर्का स्थानीय किसान कमल गुरागाईंले बताए। उनका अनुसार निजगढ नगरपालिका कार्यालयमा केरा विशेषज्ञ नहुँदा किसानले थप समस्या बेहोर्नुपरेको परेको छ।

कृषि ज्ञान केन्द्र निजगढले निजगढ नगरपालिकाको निजगढ र सिंगौलको केही भागमा केरा पकेट क्षेत्र घोषणा गरेको भए पनि कार्यालयले केरा किसानलाई खासै सहयोग गर्न नसकेको किसानहरूले गुनासो गर्दै आएका छन्।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ११ : ४७ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)