प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचयपत्र « Khabarhub

प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचयपत्र


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उहाँलाई परिचयपत्र हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरियो ।

 

नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार वितरण जारी छ ।

विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १ : ३४ बजे

किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद

दाङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस

कुलमानलाई युवासंघले भन्यो : एमालेको महाधिवेशनभर कुनै सडकमा अवरोध नहोस्

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवासंघ नेपालका नेताहरूले ऊर्जा तथा भौतिक

निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित

काठमाडौं– गत भदौ २३ र २४ को जेनजी प्रदर्शनमा निर्वाचन

एमाले केन्द्रीय सचिवको तयारीमा पदम गिरी

काठमाडौं– नेकपा एमालेका नेता पदम गिरीले पार्टीको एघारौँ महाधिवेशनमा आफू केन्द्रीय