प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचयपत्र « Khabarhub

प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचयपत्र


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उहाँलाई परिचयपत्र हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरियो ।

 

नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार वितरण जारी छ ।

विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १ : ३४ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा