भ्यालेन्सियामाथि रियलको सहज जित | Khabarhub Khabarhub

भ्यालेन्सियामाथि रियलको सहज जित


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेट अन्तरमा रियलले दुई गोल गरेको थियो ।

मार्को असेन्सियोले ५२ औं र भिनिसियस जुनियरले ५४ औं मिनेटमा गोल गरेका हुन्। यससँगै रियलले भ्यालेन्सियालाई २-० गोल अन्तरले हराएको हो ।

गाब्रिएल पाउलिस्टाले ७२औं मिनेटमा रातो कार्ड पाएपछि भ्यालेन्सिया दश खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी घटाएको छ । दोस्रो स्थानको रियलले १९ खेलबाट ४५ अंक जोडेको छ ।

भ्यालेन्सिया २० अंक जोडेर १४ औं स्थानमा रहेको छ । बार्सिलोना १९ खेलबाट ५० अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ९ : ५३ बजे

दुर्घटनामा घाइते सामाजिक अभियन्ता खत्रीको मृत्यु

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शान्तिनगरका सामाजिक अभियन्ता विष्णु खत्रीको निधन

धानबालीमा मरुवा रोगको समस्या

गोरखा– गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा धान

द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको

एसएस राजामौलीको फिल्ममा हलिउड निर्देशक जेम्स क्यामरुन 

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार महेश बाबु हाल चर्चित निर्देशक एस.एस.

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

काठमाडौं– वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ