धादिङमा बस पल्टिँदा ६ जना घाइते « Khabarhub

धादिङमा बस पल्टिँदा ६ जना घाइते


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा शुक्रबार बिहान बस पल्टिँदा बसमा सवार ६ जना यात्रु घाईते भएका हुन् ।

घाइते भएका मध्य बर्दियाको बारबर्दिया नगरपालिका–५ बस्ने २० बर्षीय सुरज तिमल्सिना, नवलपरासीको कावासोती नगरपालिका–२ सरस्वति चोक बस्ने ४० बर्षीया लक्ष्मी पाण्डे र सल्यानको बुङकोट नगरपालिका ७ बस्ने २१ बर्षीय सुरज विश्वकर्माको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाईतेहरूलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ । बाँकी घाइतेको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ ।

उनीहरूको अवस्था भने सामान्य रहेको छ । नेपालगन्जबाट काठमाडौँ तर्फ आउदै गरेको ना ६ ख ४०५ नम्बरको बस अनियन्त्रित भई शुक्रबार बिहान सवा ७ बजे सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १२ : १९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल