पर्यटकीयस्थल वसन्तापखोर जोड्न पदमार्ग निर्माण सुरु  | Khabarhub Khabarhub

पर्यटकीयस्थल वसन्तापखोर जोड्न पदमार्ग निर्माण सुरु 


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण थालेको छ । गाउँपालिकाले वडा नं ४ चापोट जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोरसम्म पदमार्ग निर्माण सुरु गरेको हो । 

धेरै सम्भावना भएको ठाउँ भए पनि वर्षौंदेखि प्रचारप्रसार नहुँदा ओझेलमा परेको वसन्तापखोरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न पालिकाले यस वर्ष बजेट व्यवस्थापन गरेर पदमार्ग निर्माण थालेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए ।

उपाध्यक्ष थापाले भने , ‘पदमार्गले दुई वटा गन्तव्यलाई जोड्ने छ । तल जनजाति सङ्ग्रहालय छ, शिरमा वसन्तापखोर छ, यसले संस्कृति र पर्यटकीय गन्तव्यलाई जोड्ने हुँदा भविष्यमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिनेछ, अहिले पदमार्ग निर्माणको सुरुआती चरणमा छौँ, निरन्तर बजेट व्यवस्थापन गर्दै जाने र पदमार्गलाई पूर्णता दिनेछौँ ।’

यस वर्ष गाउँपालिकाले विनियोजन गरेको दुई लाख बाट पदमार्ग निर्माण थालिएको काठेखोला गाउँपालिका-४ का अध्यक्ष लक्ष्मण पुनले जानकारी दिए । पुनका अनुसार  यस वर्ष करिब दुई समय मिटर ढलानसहितको पदमार्ग निर्माण गरिनेछ । 

‘यस वर्ष बजेट थोरै थियो, धेरै काम गर्न नसके पनि सुरुआत गरेका छौँ, केही वर्षमा यसले पूर्णता पाउँछ, पदमार्ग निर्माणपछि वसन्तापखोरसम्म पुग्न सहज हुने र यसले पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने अपेक्षा गरेका छौँ’, उनले भने ।

गाउँमा साँघुरो गोरेटो हुँदा स्थानीय तथा बालबालिका जोखिम मोलेर हिँड्ने गरेको भन्दै पदमार्ग निर्माणपछि पदयात्रा सहज हुने उनको भनाइ छ । 

जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोर करिब १२ सय मिटरको दूरीमा पर्दछ । वसन्तापखोर उच्च पहाडमा पर्ने हुँदा यहाँबाट दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्नुका साथै बागलुङलगायतका धेरै ठाउँ यहाँबाट देख्न सकिन्छ । 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १ : ०६ बजे

कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

कास्की – बडा दशैंको अन्तिम दिन आगामी कात्तिक १ गते

गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु

मकवानपुरमा यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते

बागमती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा आज

दुई दिने साहित्य तःमुञ्या सुरु

भक्तपुर । जनता म्वाःसा भाषा म्वाई अर्थात जनता रहे भाषा

भारत र क्यानडाबीच तनाव बढ्दै

काठमाडौं – भारतले क्यानडासँगको सम्बन्धमा तनावका बीच आफ्ना राजदुत सञ्जय