नापी र मालपोत कार्यालय उद्घाटन भएदेखि नै बन्द « Khabarhub

नापी र मालपोत कार्यालय उद्घाटन भएदेखि नै बन्द


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– रुकुम पश्चिमको आठबीसकोट-९ मा मालपोत र नापी कार्यालय स्थापना हुँदा थपिएको उत्साह अहिले निराशामा बदलिएको छ । कार्यालय स्थापना भएको चार महिनादेखि ठुलो ताल्चाले कार्यालयलाई स्वागत गरिरहेको छ ।

कार्यालय असोज १० गते उद्घाटन मात्र खुलेको त्यस यता पुरै समय बन्द भएपछि सेवाग्राहीको उत्साह निराशामा बदलिएको हो । 

जिल्लाको आठबीसकोट र बाँफीकोटका केही क्षेत्रलाई आधार मानेर कार्यालयमा साइनबोर्ड झुड्याएको छ । उक्त कार्यालय सञ्चालनका लागि केन्द्रबाट न कुनै पत्र आएको छ न त बजेट नै मालपोत कार्यालय रुकुमपश्चिमका कार्यालयका प्रमुख ओमबहादुर केसीले बताए ।

दैनिक सेवा लिन सर्वसाधारणहरू आउने गरेपनि बन्द भएको कार्यालय हेरेर फर्कने गरेको स्थानीय कमल शाहले बताए । अहिले यहाँ तोकिएका कर्मचारीहरु सदरमुकाममा फर्किएका छन् । 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ६ : २१ बजे

माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत फेला

रोम – माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको

महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने

काठमाडौं– राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट