इटालीमा आठ आप्रबासीको शव फेला | Khabarhub Khabarhub

इटालीमा आठ आप्रबासीको शव फेला


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इटालीको तटरक्षकबलले भूमध्यसागरीय क्षेत्रमा आठ आप्रवासीको शव फेला पारेको अधिकारीहरुले शुक्रबार बताएका छन् ।लाम्पेडुसा टापुका मेयर फिलिप्पो मन्निनोका अनुसार उद्धारकर्मीले बिहीबार राति डुङ्गामा पाँच पुरुष र तीन महिलाको शव फेला पारेका थिए ।

डुङ्गामा रहेका अन्य ४२ जनालाई किनारामा ल्याइएको उनले बताएका छन् । इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले आगामी साता हुने युरोपेली परिषद्को शिखर सम्मेलनअघि डुङ्गाबाट यूरोप पुगेका आप्रवासीको व्यवस्थापनमा युरोपेली सङ्घबाट थप सहयोगको माग गर्ने बताए ।

इटालीको भौगोलिक स्थितिले यसलाई उत्तरी अफ्रिकाबाट युरोप जाने र शरण खोज्नेहरूको लागि एक प्रमुख गन्तव्य बनाउँछ, र रोमले लामो समयदेखि आगमनको सङ्ख्यामा भएको वृद्धिबारेमा गुनासो गर्दै आएको छ ।

मन्निनोले आफू छ महिनादेखि मात्र नगरप्रमुख भएको तर आप्रवासीको आगमन निरन्तर भइरहेको र मृत्यु भएकाहरूको शव साप्ताहिक रूपमा टापुमा ल्याइने गरेको बताए ।

“स्थिति वास्तवमै नाटकीय बन्दै गएको छ । युरोप र यहाँका सरकारहरूले केही गर्नुपर्छ । मलाई मृतकको सङ्ख्याको गणनाले स्तब्ध पार्नेगरेको छ,” उनले भने ।

गृह मन्त्रालयका अनुसार यो वर्षको सुरुदेखि अहिलेसम्म करिब पाँच हजार आप्रवासी इटाली आइपुगेका छन्, जुन गत वर्षको सोही अवधिमा तीन हजार र सन् २०२१ मा एक हजार भन्दा बढी थियो ।

मेलोनीले शुक्रबार बर्लिन र स्टकहोमको भ्रमण गरेका थिए । उनले आप्रवासीहरूको प्रत्यावर्तन र पुनः प्रवेशलाई बढावा दिन ईयू संयन्त्रहरूको लागि शिखर सम्मेलनअघि समर्थन जुटाउने प्रयास गरेका थिए ।

उनको नयाँ दक्षिणपन्थी सरकारले आप्रवासीहरूको उद्धार गर्ने परोपकारी जहाजहरूको कार्यलाई सीमित गर्न खोजेको छ, गत हप्ता युरोपेली परिषद्बाट आप्रबासी नीतिले जीवनलाई खतरामा पार्नेछ भनी आलोचना भएको थियो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : १२ बजे

मुम्बई विमानस्थलमा १६ जिउँदो सर्पसहित एक यात्रु पक्राउ

नयाँदिल्ली– मुम्बईको भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएको एक विमान यात्रुलाई

वीर अस्पतालमा उपचाररत स्वास्थ्यमन्त्री पौडेलको अवस्था अवस्था सुधारोन्मुख 

काठमाडौं– वीर अस्पतालमा उपचाररत स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अवस्था

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

तनहुँ – तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा

खोटाङ– खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्क (उद्यान) मा मगर समुदायको

निजी अस्पताललाई प्रथम बिन्दु उपचार केन्द्रबाट हटाउने बोर्डको निर्णय 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले निजी अस्पताललाई प्रथम बिन्दु उपचार केन्द्रबाट