कांग्रेस र नेकपा एसले प्रचण्ड नेतृत्वको गठबन्धनमा समस्या : माधव नेपाल  « Khabarhub

कांग्रेस र नेकपा एसले प्रचण्ड नेतृत्वको गठबन्धनमा समस्या : माधव नेपाल 


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनमा समस्या आएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड सरकारमा बस्ने वा नबस्ने भन्ने बारेमा आइतबारसम्म दिएको अल्टिमेटम सकिँदै गर्दा कांग्रेस र नेकपा एसका नेताले सो अभिव्यक्ति दिन थालेका हुन । 

शनिवार बिहान कांग्रेसले बोलाएको राष्ट्रियसभा उपाध्यक्षको साझा उम्मेदवार चयन गर्न बसेको विपक्षी दलको बैठक पछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धन भित्रको बेमललाई हेरिरहेको प्रतिक्रिया दिएका छन । उनले भनेका छन्, ‘सत्ता गठबन्धन भित्र ब्यापक बिभेद देखा परेको छ, हामी सुक्ष्म ढंगले हेरिरहेका छौं ।’

प्रचण्ड नेतृत्वको गठबन्धन भित्र विवाद बढ्दै गए पछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनसम्म पनि प्रचण्ड सरकार टिक्नेमा आंशका व्यक्त गरेका छन् । आज देखी सुरु भएको सो पार्टीको पाँचौ केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो निर्वाचन सम्म प्रधानमन्त्रीलाई थेग्न गार्‍हो भएको प्रतिक्रिया दिएका छन । 

उनले माओवादीलाई ढुलमुले पार्टी भन्दै सत्ताको केन्द्रित पार्टीको रुपमा व्याख्या गर्दै आलोचनासमेत गरेका छन । 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  २ : ०६ बजे

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज