वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता घर घरमै « Khabarhub

वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता घर घरमै


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पथरी– मोरङको पथरी शनिश्चरे नगरपालिका–४ ले वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता घर घरमै पुर्‍याउने गरेको छ । ‘बाआमाको भत्ता बाआमाकै हातमा’ नारा अघि सारेको सो वडाले वडाले ३० अशक्त वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता घर-घरमै उपलब्ध गराउँदै आएको छ ।

अर्धवार्षिक समीक्षा कार्यक्रममार्फत चालु आर्थिक वर्ष २०७९-८० को ८० प्रतिशत काम सम्झौता सम्पन्न भएको वडाध्यक्ष लोककिरण न्यौपानेले बताए । पचास प्रतिशत काम सम्पन्न भएको, ३० प्रतिशत काम सञ्चालन र २० प्रतिशत सम्झौता हुन बाँकी रहेको उनको भनाइ थियो । 

वडाले अर्धवार्षिक समीक्षा कार्यक्रममार्फत ‘विपन्नलाई बीमा, छैन कुनै सीमा’ नाराअन्तर्गत १०० विपन्न परिवारको स्वास्थ्य बीमा गरेको छ । त्यस्तै ‘किसानको आधार, वडाको भरअन्तर्गत आठ सय किसानलाई बीउबिजन वितरण गरेको छ । वडाले बाली विज्ञानमा दुई विद्यार्थीलाई पूर्ण छात्रवृत्ति र एक विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको जनाएको छ । वडाले स्मार्ट विद्यालय कार्यक्रमअन्तर्गत चार सामुदायिक विद्यालयलाई हाजिर मेसिनसमेत वितरण गरेको छ । 

उक्त वडाले नगरबाट विनियोजित १० लाखको मर्मतकार्य सम्पन्न गरेको छ भने प्रदेश सरकारको एक करोडको लागतमा सामुदायिक भवन निर्माण कार्य हाल जारी छ । यस्तै वडाका ३४ स्थानमा सडक बत्ती जडान गरिएको वडाध्यक्ष न्यौपाने जानकारी दिए । 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ३ : ०४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल