अमेरिकी डलरसहित विमानस्थलबाट एक जना पक्राउ « Khabarhub

अमेरिकी डलरसहित विमानस्थलबाट एक जना पक्राउ


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैधरुपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी र हङकङ डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हङकङ जन्मस्थान भई मोरङ मृगौलिया ठेगाना भएका ३९ वर्षीय पासाङ याल्मो तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट हङकङ जान लागेका तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्ने क्रममा सुटकेश र हातेझोलामा लुकाई राखेको अमेरिकी डलर २९ हजार ९५० र ३७० हङकङ डलर फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तामाङलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ । उनीहरुका विषयमा अनुसन्धान भइरहेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

यसैबीच, काठमाडौँको कलङ्कीबाट ललितपुर बालकुमारीतर्फ जाने क्रममा बा४ख ८६४८ नम्बरको बसमा सवार प्रविणकुमार शाहको रु ५० हजार लुटपाट भएको छ ।

अपरिचित व्यक्तिहरुले कुटपिट गरी साथमा रहेको नगद लुटी फरार भएका प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त बस र चालकलाई गोङ्गबुबाट नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ५ : ४५ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया