काठमाडौं– आफूलाई ‘धर्तीमाता’ अवतार मान्ने विण्णु कुँवर रिहा भएकी छिन्।
काठमाडौंको भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई यातना दिइ तथानाम गाली गरेपछि पक्राउ परेकी कुँवर ३० हजार रुपैयाँ धरौटीमा रिहा भएकी हुन् । यही असार १३ गते बालाजु क्षेत्रबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
कुँवरमाथि अभ्रद्र व्यवहार र मानहानीको दुईवटा मुद्दा चलाइएको थियो। उनलाई जिल्ला अदालत काठमाडौंले २० हजार र जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० हजार गरी ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको बताइएको छ ।
भद्रकाली मन्दिर परिसरमा युवतीलाई बोक्सी लागेको भन्दै यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया