अत्याधिक बर्षाका कारण वासिङटन डिसी क्षेत्र डुवान « Khabarhub

अत्याधिक बर्षाका कारण वासिङटन डिसी क्षेत्र डुवान


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन डिसी- अमेरिकाको वासिङ्टन डिसीमा अत्यधिक बर्षाका कारण डुवान भएको छ ।

वासिङ्टन डिसी र यस आसपासमा अत्याधिक बर्षाका कारण डुवान हुनुका साथै विद्युत र यातायात सेवा अवरुद्ध भएको हो । राष्ट्रिय मौसम सेवा कार्यालयले उक्त क्षेत्रमा बाढी आउने चेतावनी समयमै दिएकाले बाढीको कारण मानवीय क्षति भने भएको छैन ।

बाढीबाट सडक तथा घरहरु डुबेका छन् । अमेरिकाको राजधानीमा रहेको रोनाल्ड रेगन विमानस्थलमा ३.३ इन्चसम्म पानी भरिएकाले विमान सेवा पनि प्रभावित भएको थियो । रेल सेवा पनि प्रभावित भएको अधिकारीहरुले जनाएका छन् ।

अचानक आएको बर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस समेत पानीबाट प्रभावित भएको थियो । त्यसैगरी महत्वपुर्ण दस्तावेजहरु रहेको कार्यालय पनि बाढीमा परेको जनाइएको छ ।

सुरक्षाकर्मी र उद्धारकर्ताहरूले बाढीमा परेकालाई उद्धारको प्रयास गरिरहेका छन् । कतिपय प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ६ : ५० बजे

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले

सुनिल पौडेलको सिंगापुर बैंक खाताबारे विवरण झिकाउन विशेषको आदेश

काठमाडौं- विशेष अदालतले भ्रष्टाचार (गैरकानुनी सम्पत्ति आर्जन) मुद्दामा प्रतिवादी सुनिल

दोलखामा हिउँदे वर्षासँगै शैलुङ र कालिञ्चाेकमा बाक्लो हिमपात (तस्बिरहरू)

दोलखा– हिमाली जिल्ला दोलखामा हिउँदे वर्षा सँगै हिमपात हुन सुरू

‘अफ्रिकन स्वाइनफिभर’ ले बङ्गुर मर्न थाले

चितवन– जिल्लामा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइनफिभर’ देखिएको छ । गर्मी

निर्वाचनका लागि चीनले दियो ४० लाख डलर बराबरको नगद अनुदान

काठमाडौं– सरकारले फागुन २१ गतेको निर्वाचनका लागि उत्तरी छिमेकी चीनबाट