बालसुधार गृह तोडफोड गर्ने ७ जनालाई स्थानान्तरण गरिँदै | Khabarhub Khabarhub

बालसुधार गृह तोडफोड गर्ने ७ जनालाई स्थानान्तरण गरिँदै


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज- बाँकेको डुडवा गाउँपालिका–६ स्थित जयन्दु बालसुधार गृहमा भएको तोडफोड र आगजनीपछि आज दुई पक्षबीच सहमति भएको छ।

काठमाडौँ जानका लागि अस्वीकार गरेका सात युवालाई जिल्ला प्रहरी कार्यालयमा स्थानान्तरण गर्ने सहमति भएको युसीइपी नेपालका निर्देशक केशव सुवालले जानकारी दिए।

‘तत्कालका लागि यो घटना साम्य भएको छ, अब जिल्ला प्रहरी कार्यालयमा बस्न उहाँहरू राजी हुनुभएको छ’, उनले भने । निर्देशक सुवालले कपिलवस्तुबाट सरुवा भएर आएका उनीहरू थप दुर्व्यसनमा फसेकाले पनि स्थानान्तरण गर्न खोजेका जानकारी दिए।

स्थानान्तरण हुने र नहुने दुई पक्षबीचको विवादले उग्ररूप लिँदा सो घटना भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए । सुधार गृहमा रहेका केहीलाई काठमाडौँ स्थानान्तरण गर्न थालेको भन्दै तोडफोड र आगजनी भएको थियो । बालसुधार गृहमा हतियारसहित प्रवेश गर्न कठिनाइ भएकाले अवस्था नियन्त्रणमा ल्याउन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

प्रहरीले नेपालगञ्जबाट दमकल बोलाएर आगो नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा लिए लगत्तै उनीहरूले आफै सुत्ने सिरक डसनामा आगजनी गरेका थिए । तोडफोड भएको ब्लकमा परेका करिब ७० जना आश्रित छन् । सुधारगृहका तीन भवनमध्ये पुरानो भवनमा आगजनी र तोडफोड भएको हो ।

सुधार गृहमा कूल दुई सय २३ जना आश्रित छन् । उनीहरुबीच पछिल्लो एक महिनामा चार पटक झगडा भएपछि केहीलाई काठमाडौँ स्थानान्तरण गर्ने तयारी गरिएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १२ : ५२ बजे

रास्वपाले भन्यो- संसद् बहिष्कार कुनै संविधान विरोध अध्यास होइन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा जारी पार्टीको आन्दोलन र

शिक्षा विधेयकमा शिक्षक असन्तुष्ट, आन्दोलनको कार्यक्रम घोषणा 

काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा

पोखराका सडकमा बोर्डिङका स्कुल बसको लाइन (तस्बिरहरू)

काठमाडौं– बोर्डिङ सञ्चालकहरूले पोखराका सडकमा पनि विरोध जनाएका छन् ।

मन्त्री यादवद्वारा क्षमता अभिवृद्धि केन्द्र उद्‌घाटन

काठमाडौं– खानेपानी तथा सरसफाइ क्षेत्रको अनुसन्धान, नवप्रवर्तन तथा मानव स्रोत

नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमको परिक्षण र डेमो प्रदर्शन

काठमाडौं– नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमबारे आज परिक्षण गर्दै डेमो