‘निजी क्षेत्र पलायन हुँदा अर्थतन्त्र धराशयी हुन्छ’ | Khabarhub Khabarhub

‘निजी क्षेत्र पलायन हुँदा अर्थतन्त्र धराशयी हुन्छ’


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अर्थविद् कमलेश अग्रवालले अर्थतन्त्र धराशयी हुँदा निजी क्षेत्र ठूलो समस्यामा परेको बताएका छन् । खबरहबले आयोजना गरेको कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्षसमेत रहेका अर्थविद् अग्रवालले निजी क्षेत्रको अवस्थाबारे सरकार जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

अहिले बैंकको ब्याजदरले गर्दा निजी क्षेत्र ठूलो समस्यामा रहेको भन्दै त्यसको समाधानका लागि सरकार रमिते बन्नु दुःखद भएको उनले टिप्पणी गरे । उच्च बैंक ब्याजदरमा नेपाल विश्वकै पाँचौ देश रहेको भन्दै यसले निजी क्षेत्रलाई ठूलो संकट सिर्जना गरेको अग्रवालले बताए ।

अहिले रेमिट्यान्सले देश धानिरहेको अवस्था भएपनि त्यो भोलिका दिनमा दायाबाँया हुँदा झन् ठूलो संकट आउन सक्ने उनले चेतावनी दिए । उद्यमी व्यवसायीसँग पैँसा नभएको खण्डमा देशले कहिल्यै प्रगति गर्न नसक्ने पनि अग्रवालको भनाई छ ।

तर भूकम्प र कोभिड महामारीले गर्दा उद्यमी व्यवसायीसँग पुँजी नरहेको भन्दै त्यसको उत्थानका लागि सरकारले कुनै कदम चाल्न नसकेको उनको टिप्पणी छ । निजी क्षेत्र पलायन हुँदै गएमा नेपाल पनि श्रीलंका बन्न सक्नेतर्फ सचेत हुनुपर्ने अग्रवालको भनाई छ ।

सरकारले राष्ट्र बैंकमा पैँसा थन्क्याएर मात्रै नहुने भन्दै बजारमा पैँसा पठाउनुपर्ने आवश्यकता रहेको अग्रवालले बताए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ३ : ३१ बजे

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घे पक्राउ

कोलम्बो- श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घेलाई सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा

दक्ष जनशक्तिबिना विकास सम्भव छैन : मन्त्री खड्का

खाँदबारी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिको आधार दक्ष

आमा समूहद्वारा क्यान्सरपीडितलाई आर्थिक सहयोग

गण्डकी– पोखरा महानगरपालिका–१७ घारीपाटनमा रहेको शुभकामना आमा समूहले क्यान्सरपीडित सदस्यलाई

राष्ट्रियसभा बैठक : लिपुलेक विवादबारे कूटनीतिक समाधान खोज्न सांसदहरूको माग

काठमाडौं– सांसदहरूले भारत र चीनबीच नेपालको लिपुलेक भएर दुई देशबीचको

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकारले सञ्चार नियमन ऐन ल्याउने : गृहमन्त्री लेखी

जनकपुरधाम– मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रलाई व्यवस्थित