मलम्पारमा सडक सञ्जालले जोडेपछि स्थानीय हर्षित | Khabarhub Khabarhub

मलम्पारमा सडक सञ्जालले जोडेपछि स्थानीय हर्षित


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको धवलागिरि गाउँपालिकाको दुर्गम बस्ती मल्कबाङको मलम्पार सडक सञ्जालले जोडिएको छ । अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यसवर्ष विस्तार गरी मलम्पार बस्तीमा पुर्‍याइएको हो । सडक सञ्जालको पहुँच जोडिएपछि स्थानीयवासी हर्षित भएका छन् ।

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाबाट २५ लाख र गण्डकी प्रदेश सरकारमार्फत विनियोजित १० लाखबाट मलम्पारमा सडकको ट्याक निर्माण गरिएको वडा नं ५ का वडाध्यक्ष अमर छन्त्यालले जानकारी दिए । उनका अनुसार मलम्पार पुगेको सडक विस्तार गरी वडा नं ६ मराङको बुलसम्म जोड्ने तयारी गरिएको छ । 

सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङसम्मको करिब साढे एक घण्टाको बाटो २० मिनेटमै छोटिएको छ । करिब एक सय ५० घरधुरीको बसोबास रहेको मलम्परा गाउँवासीलाई दैनिक उपभोग्य बस्तु ढुवानी गर्न र सदरमुकाम, वडा कार्यालय तथा र गाउँपालिकाको कार्यालय पुग्न समेत सहज भएको छ । 

सडक पुगेपछि दुर्गम गाउँलाई सडकको पहुँचले सुगम बनाएको स्थानीय देवी छन्त्यालले बताए । ‘पहिले स्वास्थ्य सेवा लिन पनि घण्टौँ हिँडेर वडा कार्यालय रहेको मल्कबाङ पुग्नुपथ्र्यो, अहिले बिरामी भएमा गाडीबाट केही मिनेटमै स्वास्थ्य चौकी पुर्‍याउन सकिने भएको छ, सडक आएसँगै गाउँमा विकासको अनुभूति पनि भएको छ’ उनले भने ।

मल्कबाङको दैडाँडादेखि साढे दुई किलोमिटर लामो सडक निर्माण भएपछि मलम्पार पनि सडक सञ्जालले जोडिएको गाउँपालिकाका सवइञ्जिनीयर जनक धानुकले जानकारी दिए । उनका अनुसार मलम्पारदेखि वडा नं ६ को बुलसम्म जोड्न धमाधम सडक निर्माणको काम भइरहेको छ । 

करिब तीन किलोमिटर दूरीमा अब जम्मा एक किलोमिटर मात्रै सडकको ट्र्याक खन्न बाँकी छ । मलम्पार र बुल सडक सञ्जालले जोडिएमा वडा नं ६ को मराङ–राम्चे–बुल तथा वडा नं ५ को मलम्पार–मल्कबाङहुँदै मराङबेँसी जोड्ने चक्रपथ निर्माण हुनेछ । 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ३ : २३ बजे

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

काठमाडौं – एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

गाजा – उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो

महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं – नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा