‘आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन’  « Khabarhub

‘आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन’ 


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले चालु आर्थिक वर्षका लागि राखेको आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने भएको छ । आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटले राखेको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न नसकिने बताएका हुन् ।

‘अर्थतन्त्रको विद्यमान प्रवृत्ति आँकलन गर्दा आठ प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने चालु आर्थिक वर्षको लक्ष्य पूरा हुने देखिँदैन’, अर्थमन्त्री पौडेलले भने। कृषितर्फ धानको उत्पादनमा यसवर्ष केही वृद्धि हुने अनुमान रहेको र पर्यटन क्षेत्र क्रमशः सुधार हुँदै जानु सकारात्मक पक्ष भएपनि उत्पादनमूलक उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिएकाले आर्थिक वृद्धिदरमा सुस्तता आएको अर्थमन्त्री पौडेलले बताए।

त्यस्तै, चालु आर्थिक वर्षका लागि मूल्यवृद्धिमा राखिएको वाञ्छित सीमा नाँघेको छ । ‘चालु आर्थिक वर्षमा मुद्रास्फीतिलाई सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा गत पुस मसान्तसम्म आइपुग्दा उपभोक्ता मूल्य सूचकांकमा आधारित वार्षिक बिन्दुगत मुद्रास्फीति सात दशमलव २६ प्रतिशत पुगेको छ’, अर्थमन्त्री पौडेलले प्रतिनिधि सभा बैठकमा भने ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ५ : १० बजे

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी