जम्मु कश्मीरमा फेला परेको लिथियम उत्कृष्ट गुणस्तरको : भारतीय खनिज अधिकारी « Khabarhub

जम्मु कश्मीरमा फेला परेको लिथियम उत्कृष्ट गुणस्तरको : भारतीय खनिज अधिकारी


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको जम्मु कश्मीरमा खनिज पदार्थ लिथियमको भण्डार फेला परेको छ । भारतीय सञ्चारमाध्यमले जम्मु कश्मीरमा ५९ लाख टन क्षमताको लिथियम भण्डार फेला परेको जानकारी दिएका छन् ।

भारतको भौगर्भिक सर्वेक्षण (जीएसआई) ले जम्मु कश्मीरको रेयासी जिल्लामा लिथियम भण्डार पत्ता लगाएको भारतीय टेलिभिजन एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ । रेयासी जिल्लाको माता वैष्णेदेवी मन्दिर आसपास फेला परेको लिथियमको गुणस्तर उत्कृष्ट रहेको जम्मु कश्मीरको खनिज सचिव अमित शर्माले भारतीय समाचार संस्था पीटीआईलाई जानकारी दिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सामान्यतः लिथियमको गुणस्तर २२० पाट्स पर मिलियन (पीपीएम) हुने बताइन्छ । यद्यपि जम्मु कश्मीरमा फेला परेको लिथियमको गुणस्तर ५०० पीपीएम रहेको खनिज अधिकारीले जनाएका छन् ।

विद्युतीय सामग्री उत्पादनका लागि अत्यावश्यक पर्ने लिथियम यसअघि भारतमा उपलब्ध थिएन । यसअघि भारतले आवश्यक पर्ने सम्पूर्ण लिथियम विदेशबाट आयात गर्दै आएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ६ : ०७ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान