प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षमा समिति गठन « Khabarhub

प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षमा समिति गठन


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यरूपमा मनाउन प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षमा प्रदेशस्तरीय मूल समारोह समिति आज गठन गरिएको छ । समितिमा प्रदेशका सबै मन्त्रालय, सभामुख, प्रदेशसभाका सदस्य, कार्यालय, सार्वजनिक संस्थान, विभिन्न सङ्घसंस्था, शैक्षिक संस्था एवं औद्योगिक प्रतिष्ठान, नेपाल पत्रकार महासङ्घ लगायतका प्रतिनिधि वा प्रमुख सदस्य रहनेछन् ।

यही फागुन ६, ७ र ८ गते भव्यरूपमा मनाउन यो दिवसमा पहिलो दिनदेखि नै सबै सरकारी कार्यालयमा सरसफाइ वृक्षरोपण, राष्ट्रिय झण्डा फहराउने, प्रजातन्त्र केन्द्रित रचनात्मक एवं सिर्जनात्मक कार्य, प्रजातन्त्रका विषयमा सन्देशमूलक लेख, रचना प्रकाशन एवं प्रसारण, अस्पताल एवं ज्येष्ठ नागरिक गृह, कारागार, बालसुधार गृहमा फलफूल र औषधि वितरण कार्यक्रम गर्ने तय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिए ।

फागुन ७ गते जिल्ला प्रशासन कार्यालय र विराटनगर महानगरपालिकाको संयोजनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगाडिबाट प्रभातफेरी गरी पुनःसोही स्थानमा पुगी सहिदप्रति श्रद्धाञ्जलीपछि मुख्यमन्त्री कार्कीको सम्बोधन हुने बताइएको छ ।

मुख्यमन्त्री कार्कीले प्रजातन्त्र दिवसलाई औपचारिकतामा मात्र नभएर बृहत्रुपमा मनाउनुपर्ने धारणा राखे। उनले आजको दिनको बृहत् समीक्षा गरी आमनागरिकले उपभोग गर्ने सेवा र सुविधा पनि सहज तथा सरल हुनुपर्ने भन्दै यो दिवस रचनात्मक ढङ्गले मनाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ३ : ५४ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य