बीबीसीको दिल्ली कार्यालयमा सरकारी अधिकारीकाे छापा « Khabarhub

बीबीसीको दिल्ली कार्यालयमा सरकारी अधिकारीकाे छापा


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको राजधानी नयाँदिल्ली र मुम्बईमा रहेका ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का कार्यालयमा मंगलबार भारतीय सरकारी अधिकारीहरूले छापा मारेका छन्। भारतको आयकर विभागका कर्मचारीहरूले एकैसाथ बीबीसीका दुई कार्यालयमा छापा मारेको  भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

खानतलासीको क्रममा केही पत्रकारहरूको मोबाइल पनि जफत गरिएको बताइएको छ। छापा मारेको जानकारी लण्डनस्थित बीबीसीको कार्यालयमा दिइएको छ। स्रोतका अनुसार यो अन्तर्राष्ट्रिय करसँग सम्बन्धित विषय हो। कर अनियमिततालाई लिएर बीबीसीको कार्यालयमा विभागले खानतलासी गरेको हो। यद्यपि यस सम्बन्धमा आयकर विभागले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।

केही दिनअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे आफूले बनाएको वृत्तचित्र सार्वजनिक गरेको थियो। उक्त वृत्तचित्रमा मोदी गुजरातका मुख्यमन्त्री हुँदा भएको हिन्दू-मुस्लिम दंगामा उनको भूमिकाबारे पनि देखाइएको छ।

बीबीसीको उक्त सामग्रीले साम्प्रदायिकतामा खलल ल्याउने भन्दै उक्त भिडियो राखिएका लिंक र सामाजिक सञ्जालका खाताहरू बन्द गर्न निर्देशन दिएको थियो ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त भिडियोको यूट्युब लिंक र लिंक शेयर गर्ने करिब ५० वटाभन्दा बढी ट्वीटर खाताहरू भारत सरकारले ब्लक गरिदिएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ३ : १० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना