नामिबियाविरुद्ध नेपालको शानदार जित | Khabarhub Khabarhub

नामिबियाविरुद्ध नेपालको शानदार जित


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबियाविरुद्ध नेपालले शानदार जित निकालेको छ ।  काठमाडौंको किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओपनर कुशल भुर्तेलको शतक प्रहारमा नामिबियालाई दुई विकेटले पराजित गरेको हो । 

नामिबियाले दिएको २८६ रनको चुनौती नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर १४ बल बाँकी छँदै भेट्टाएको हो । यसका लागि कुशल भुर्तेलले १३३ बलमा ४ छक्का र १० चौका प्रहार गर्दै ११५ रन जोडे । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले  निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको थियो । नामिबियाले माइकल भान लिगेनले १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो । 

नामिबियालाई सस्तैमा समेट्ने प्रयासमा नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ५ : ०८ बजे

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन

बीएनपीका नेता भन्छन्– भारतसँग मिलेर काम गर्न तयार छौँ

काठमाडौं– बंगलादेशको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका वरिष्ठ नेताले भारतसँग मिलेर

‘घरमै सुरक्षित छैनन् छोरी’

गोरखा – गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि