राष्ट्रपति भण्डारी बुधबार दाङ आउने | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी बुधबार दाङ आउने


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार दाङ आउने भएकी छन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी यहाँ आउन लागेकी हुन् ।

नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । रु २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो ।

नेपाल संस्कार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट सो भवन निर्माण गरिएको कुलसचिव अधिकारीले बताए। तीन तले सो भवनमा एक सय आठ कोठा रहेका छन् । उक्त भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको हो ।

महामारीको प्रभाव कम भएपछि भवनलाई पूर्णरुपमा शिक्षणमा उपयोग गरिएको छ । राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ । त्यस्तै संस्कृत वाङ्मयका गतिविधिलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा जानकारी गराउने प्रयास गरिरहेको कुलसचिव अधिकारीले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ८ : १८ बजे

सडक निर्माण अलपत्र हुँदा असन क्षेत्र अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– ढुङ्गा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि काठमाडौंको

भटौली खोलाको बाढीले पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

रामेछाप– रामेछापको भटौली खोलामा रहेको पक्की पुलमा बाढीले क्षति गरेपछि

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

चितवन– विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

म्याग्दी– म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा

कालीगण्डकीको बहाव यस वर्षकै उच्च, शालिग्राम शिला डुबानमा

पर्वत– लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको