लागूऔषधसहित धनगढीबाट श्रीमान् श्रीमती पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित धनगढीबाट श्रीमान् श्रीमती पक्राउ


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीमा श्रीमान श्रीमती लागूऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१० खप्तड इँटाभट्टा नजिकबाट लागूऔषधसहित श्रीमान श्रीमती पक्राउ परेका हुन् । ८५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका-१५ का २३ वर्षीय हुकुम राना र श्रीमती २३ वर्षीया निलु चौधरी पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट जगेडाबाट खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१-००९ प २५८३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार दुबै जनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै गोदावरी नगरपालिका-१ का २४ वर्षीय सुमन थापा ४ ग्राम ३९० मिलिग्रामसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले थापालाई घरबाटै पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ५ : ३७ बजे

प्रि ओपन सेसन : करिब २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

तोलामा ४ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला

‘सिडिओ’ पैदलै गाउँमा आएपछि…

सङ्खुवासभा– किमाथाङ्कास्थित भन्सार कार्यालयको नाममा रहेको जग्गाको नापजाँच र चारकिल्ला

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ

काभ्रेको बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

काभ्रे– जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा इलाका