पाकिस्तानका अहमदिया मस्जिदमा आक्रमणका घटना बढ्दै | Khabarhub Khabarhub

पाकिस्तानका अहमदिया मस्जिदमा आक्रमणका घटना बढ्दै


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा अहमदिया सम्प्रदायका मस्जिदमा आक्रमणका घटना बढ्दै गएको पाइएको छ । केही समयअघि पाकिस्तानको कराँची सहरमा रहेको अहमदिया मस्जिदमा तोडफोड भएसँगै उक्त सम्प्रदायको सुुरक्षाप्रति चिन्ता उत्पन्न भएको छ ।

कराँचीको मार्टिन रोडमा रहेको अहमदिया मस्जिदभित्र प्रवेश गरी तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले तोडफोड गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणकारीले मस्जिदका दुई मिनारमा पनि क्षति पुर्‍याएका छन् ।

प्रहरी आउनेबित्तिकै आक्रमणकारी हथौडा र सिँढी छाडेर फरार भएको बताइएको छ । पछिल्लो महिना पाकिस्तानमा अहमदिया मस्जिदमा तोडफोडको घटना भएको यो तेस्रो पटक हो ।

पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता पाकिस्तानमा अहमदियाहरुको करिब १५० चिहान र मस्जिद भत्काइएको जनाइएको छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ८ : ४७ बजे

विद्यार्थी सङ्गठन नेताका ‘गार्ड’जस्ता भए

२००७ सालपछि देशमा भएका हरेक क्रान्तिकारी परिवर्तनमा विद्यार्थी नेतृत्व अग्रपङ्तिमै

शंकर पोखरेल भन्छन्– लुटपाट र विध्वंसमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४

एमाले सचिवालय बैठक कात्तिक १५ गते बस्ने, महाधिवेशन तयारीबारे छलफल हुने 

काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी शनिबार (कात्तिक १५

सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु

मुस्ताङमा भारी हिमपात (तस्बिरहरू)

मुस्ताङ– गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएको छ